कागेश्वरी मनोहराका मेयर थापा १ नं.वडाका टोल टोलमा

१ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागदफेदीमा भएका विकास निर्माणका कामहरुको सम्बन्धमा नगरबासी टोलबासीहरुसंग छलफल गर्नुभएको छ ।
सो अवसरमा नगर प्रमुख थापाले वडा नं.१ गागदफेदीमा भएका विकास निर्माणका कामहरु र अगामी दिनमा गर्नुपर्ने कामहरुको सम्बन्धमा टोलबासीहरुसंग छलफल गर्नुभएको थियो ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै वडा नं. १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायतका जनप्रतिनिधिहरु र टोलबासी नगरबासीहरुको सहभागिता रहेको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *