कागेश्वरी मनोहराका मेयर थापा २ नं.वडाका टोल टोलमा

२ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपर्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ गागलमा सञ्चालन भैरहेका योजनाहरुको अनुगमन गरी आगामी दिनमा समाबेश गर्नुपर्ने योजनाहरुको सम्बन्धमा वडाबासी टोलबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै वडा नं. २ का वडा अध्यक्ष सुदर्शन धिमाल लगायतका जनप्रतिनिधिहरु र टोलबासी नगरबासीहरुको सहभागिता रहेको थियो ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत हिजो नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ मा भएका विकास निर्माणका कामहरुको सम्बन्धमा नगरबासी टोलबासीहरुसंग छलफल गर्नुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *