कांग्रेस कागेश्वरी मनोहरा ७ को क्रियाशिल सदस्यहरुको घरदैलो कार्यक्रम

४ अशोज २०७८ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं.७ का क्रियाशिल सदस्यहरुले आज क्रियाशिल सदस्यहरुको घरमा घरदैलो कार्यक्रम गरेका छन् ।
नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शंकर थापाको नेतृत्वमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का क्रियाशिल सदस्यहरुले आज क्रियाशिल सदस्यहरुको घर घरमा गई घरदैलो कार्यक्रम गरेको क्षेत्रीय प्रतिनिधिका उम्मेदवार सहदेव कार्कीले जानकारी दिनुभयो ।
आज कांग्रेस नेता नारायण कार्कीको घरबाट घरदैलो कार्यक्रम शुरु गरिएको कार्कीले जानकरी दिनुभयो ।

घरदैलो कार्यक्रममा ७ नं.वडाका इकाई सभापतिका उम्मेदवार रञ्जन न्यौपाने, उपसभापतिका उम्मेदवार भगवान कार्की, क्षेत्रीय प्रतिनिधिका उम्मेदवार शर्मिला कार्की थापा, लक्ष्मण पुरी, सहकुल थापा, नहकुल थापा, दीपेन्द्र पोखरेल लगायत ७ नं.वडाका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *