कागेश्वरी मनोहरा-७ का वडा अध्यक्ष थापा लगायत सदस्यहरुद्धारा पद्बहाली

१० जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का नवनिर्वाचित वडा अध्यक्ष भिमसेन थापाले पद्बहाली गर्नुभएको छ ।
वडा अध्यक्ष थापा लगायत वडा सदस्यहरु भक्त बिक्रम थापा, यशोदा खड्का, जानुका चापागाई र सुनिता बिशुंखेले वडा कार्यालयमा पदबहाली गर्नुभएको थियो ।
सो अवसरमा उहाँहरुले मतदातालाई धन्यवाद् दिनुहुदै वडाबासीका समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
पद्बहाली कार्यक्रममा कांग्रेस नेता एवम् महाधिवेशन प्रतिनिधि शंकर थापा, पूर्व वडा सदस्य एवम् महाधिवेशन प्रतिनिधि शर्मिला कार्की थापा, कांग्रेस ७ नं.वडाका इकाई सभापति रंजन न्यौपाने, स्थाानीय कांग्रेस नेता सहकुल थापा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।