कागेश्वरी मनोहराका मेयर थापा ५ नं.वडाका टोल टोलमा विकास कार्यको अनुगमनमा

५ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपर्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.५ थलिमा सञ्चालन भैरहेका योजनाहरुको अनुगमन गरी आगामी दिनमा समाबेश गर्नुपर्ने योजनाहरुको सम्बन्धमा वडाबासी टोलबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै नगर प्रवक्ता समेत रहनुभएका वडा नं.५ का वडा अध्यक्ष राजाराम पुडासैनी लगायत जनप्रतिनिधिहरु र टोलबासी नगरबासीहरुको सहभागिता रहेको थियो ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत नगर प्रमुख थापाले हरेक महिनाको १ गतेदेखी ९ गतेसम्म १ देखी ९ वडा सम्मै भैरहेका विकास निर्माणका कामहरु र आगामी दिनमा समावेश गर्नुपर्ने योजनाहरुको सम्बन्धमा टोलबासी नगरबासीहरुसंग छलफल र अन्तरक्रिया गर्ने गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *