कांग्रेस कागेश्वरी मनोहरा ७ को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न

६ अशोज २०७८ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ को अधिवेशन अन्तर्गन नयाँ नेतृत्वका लागि आज मतदान सम्पन्न भएको छ ।
अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछी प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत आज मतदान भएको वडा इकाई समितिमा सभापतिका उम्मेदवार रञ्जन न्यौपानेले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कांग्रेस केन्दीय संगठन विभागका सदस्य शंकर थापा लगायत नेताहरुले वडा समितिमा सहमतिमा नेतृत्व चयनका लागि मतदान भएको थियो ।
मतदानमा रञ्जन न्यौपाने र कृष्णराम रायमाझी प्यानलसहित मतदानमा सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *