कांग्रेस कागेश्वरी मनोहरा ७ को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना कार्य जारी 

७ अशोज २०७८ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ को अधिवेशन अन्तर्गन नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना कार्य भैरहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. को कभर्डहलमा हिजो भएको मतदानको मतगणना कार्य भैरहेको कांग्रेस क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विश्वनाथ खनालले जानकारी दिनुभयो ।
अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछी प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत हिजो मतदान भएको वडा इकाई समितिमा सभापतिका उम्मेदवार रञ्जन न्यौपानेले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, कांग्रेस केन्दीय संगठन विभागका सदस्य शंकर थापा लगायत नेताहरुले वडा समितिमा सहमतिमा नेतृत्व चयनका लागि अन्तिम समयसम्म प्रयास गर्नुभएको थियो । तर सहमति हुन नसकेपछी निर्वाचन भएको थियो ।
मतदानमा रञ्जन न्यौपाने र कृष्णराम रायमाझी प्यानलसहित मतदानमा सहभागी भएको क्षेत्रीय प्रतिनिधिका उम्मेदवार प्रकाश थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *