बागमती प्रदेश यही अशोज ११ गते साक्षर प्रदेश घोषणा हुदै

७ अशोज २०७८ ।
बागमती प्रदेश यही अशोज ११ गते साक्षर प्रदेश घोषणा हुने भएको छ ।
बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणाका लागि बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले बागमती प्रदेशलाई यही अशोज ११ गते साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री विजय सुवेदी, प्रदेशका स्वास्थ्य मन्त्री, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
नेपालमा साक्षर प्रदेश घोषणा हुने बागमती प्रदेश हुने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले बताउनुभयो ।
बागमती प्रदेशले साक्षर प्रदेश घोषणाका लागि भएका सबै सूचकहरु पुरा गरी साक्षर प्रदेश घोषणा हुन लागेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिनुभएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *