कांग्रेस कागेश्वरी मनोहरा ७ को इकाई सभापतिमा रञ्जन न्यौपाने निर्वाचित

७ अशोज २०७८ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ को अधिवेशन अन्तर्गन नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा इकाई सभापतिमा रञ्जन न्यौपाने निर्वाचित हुनुभएको छ । भने उपभापतिमा भगवान कार्की निर्वाचित हुनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. को कभर्डहलमा हिजो भएको मतदानको मतगणना आज सकिएको थियो ।
इकाई सभापतिका लागि रञ्जन न्यौपाने र कृष्णराम रायमाझी प्यानलसहित मतदानमा सहभागी भएका थिए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, कांग्रेस केन्दीय संगठन विभागका सदस्य शंकर थापा लगायत नेताहरुले वडा समितिमा सहमतिमा नेतृत्व चयनका लागि अन्तिम समयसम्म प्रयास गर्नुभएको थियो ।
अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछी प्रजातान्त्रिक प्रक्रिया अन्तर्गत मतदान भएको नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि प्रकाश थापाले जानकारी दिनुभयो ।
क्षेत्रीय प्रतिनिधिमा शंकर थापा, सहदेव कार्की, शर्मिला कार्की थापा, लक्ष्मण पुरी, प्रकाश थापा, सहकुल थापा, नहकुल थापा, विश्वनाथ खनाल, श्याम कार्की, केदार घिमिरे, सन्तोष सिंह थापा लगायत निर्वाचित हुनुभएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *