हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था १५औं बर्षमा

११ अशोज २०७८ ।
हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड १४ बर्ष पुरा भई १५ औं बर्षमा प्रवेश गरेको छ ।
सहकारीको वार्षिकोत्सवका अवसरमा सहकारीको कार्यालयमा आज एक कार्यक्रममा आयोजना गरियो ।
सहकारीका पूर्व अध्यक्ष रामेश्वर दाहाल, अध्यक्ष नेत्र प्रसाद धिताल, सचिव विश्वनाथ दाहाल, व्यवस्थापक बिनोद दाहाल, सदस्य सोभित रायमाझी, ऋण अधिकृत बालमुकुन्द दाहाल, लेखापाल शारदा सञ्जेल, वरिष्ठ सहायक सुरेश भट्टराई लगायतले सहकारीका सदस्यहरुको हक हितका लागि सहकारीले कार्य गरिरहेको बताउदै रोजगारी सिर्जना र आर्थिक क्षेत्रको विकासमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।
सहकारीका पूर्व अध्यक्ष रामेश्वर दाहालले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै सहकारीहरुको विकास, व्यवस्थापन र प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *