सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम टोखामा आजबाट शुरु

११ अशोज २०७८ ।
सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम आजबाट टोखामा शुरु भएको छ ।
टोखा नगरपालिका न्यायिक समितिको आयोजनामा भएको सो तालिमको उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभएको थियो ।
आ दिनसम्म सो तालिम सञ्चालन हुने र तलिममा मेलमिलापसंग सम्बन्धीत विविध विषयमा बिस्तृत छलफल हुने उपप्रमुख डंगोलले जानकारी दिनुभयो ।
टोखा नगरपालिका न्यायिक समितिले सरल, सहज र प्रभावकारी रुपले न्यायिक समितिमा आउने मुद्धाहरु मेलमिलापको माध्यमबाट समाधान गर्ने गरेको उपप्रमुख ज्ञानमाया डंगोल बताउनुहुन्छ ।
कार्यक्रममा न्यायिक समिति सदस्य गोपी पाठक, वडा सदस्य चन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधिहरु र मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
सो तालिम यही अशोज गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *