नगरपालिकाबाट हुने कामहरुलाई नगरबासीमैत्री बनाएका छौं ः नगर प्रमुख थापा

१२ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगर प्रमुख कृष्णहरि थापा अहोरात्र सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापा निर्वाचित भए देखी नै नगरको समग्र विकास र समृद्धिका लागि अहोरात्र सक्रिय भएर लागिपर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले कोभिडको संकटपूर्ण अवस्थामा पनि स्वास्थ्य सेवालाई सरल, सहज र प्रभावकारी बनाई नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, पर्यटन प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, शहरीकरण व्यवस्थापन, संस्कृति तथा सम्पदा संरक्षण, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा बताउनुहुन्छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले हाल गरिरहेका र आगामी दिनमा गर्न लागेका कार्यहरुको समबन्धमा जानकारी दिनुहुदै नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
नगरपालिकाले छिटो, छरितो र प्रभावकारी रुपले नगरबासीलाई सेवा प्रवाह गरिरहेको बताउदै नगर प्रमुख थापाले नगरपालिकाबाट हुने कामहरुलाई पारदर्शी, जवाफदेही, सुशासनमैत्री र नगरबासीमैत्री बनाइएको नगर प्रमुख थापाले बताउनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम शुरु गरेर नगर प्रमुख थापाले नगरका वडा वडामा भएका टोल टोलमा पुगेर विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरी टोलको विकासका सम्बन्धमा टोलबासी नगरबासीहरुसंग छलफल गरिरहनुभएको छ । टोल टोलमा मेयर कार्यक्रमले स्थानीयस्तरको विकासमा महत्वपूर्ण सहयोग पुर्याइरहेको नगर प्रमुख कृष्णहरि थापा बताउनुहुन्छ ।
नगरपालिकामा हुने कामहरुलाई सुशासनमैत्री, पारदर्शी र जवाफदेही बनाइएको नगर प्रमुख थापाको भनाई छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा पनि अझ बढि सक्रिय भएर लाग्न नगरबासीहरुलाई नगर प्रमुख थापाले आग्रह गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने गरी नगरपालिकाले कार्य गरिरहेको बताउदै नगर प्रमुख कृष्णहरि थापाले निर्वाचनमा गरेका अधिकांश प्रतिवद्धताहरु पुरा गरिसकेको बताउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *