काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाबाट स्वास्थ्य वीमा कार्यक्रम लागु हुने

१४ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य वीमा गर्ने भएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ७८ औं बैठकले नगरवासीहरुको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको हो ।
काठमाडौं जिल्लामा स्वास्थ्य वीमा गर्ने स्थानीय तह मध्ये कागेश्वरी मनोहरा नगरपालिका पहिलो नगरपालिका बनेको छ ।
स्वास्थ्य वीमा कार्यक्रम लागु गर्ने सम्बन्धमा नगर कार्यपालिका बैठकमा बिस्तृत रुपमा छलफल भई लागु गर्ने निर्णय गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
बैठकमा स्वास्थ्य वीमा बोर्डका हिरा रेग्मी र सृजना पौडेलले स्वास्थ्य वीमा कार्यक्रमको सम्बन्धमा नगर कार्यपालिका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।
पहिलो चरणमा मुलपानी नगर अस्पतालबाट सवस्थ्य वीमा कार्यक्रमको शुभारम्भ गरिने छ ।
दोस्रो चरणमा सबै वडामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तालिम दिई स्वास्थ्य वीमा कार्यक्रम वडास्तरमा लागु गरिने कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत नगर कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनभयो ।

स्वास्थ्य सह संयोजक लक्ष्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *