कागेश्वरी मनोहराद्धारा ज्येष्ठ नागरिक दिवसको अवसरमा बृहत स्वास्थ्य शिबिर सम्पन्न

१५ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा गोठाटारमा बृहत स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रममा १ सय ५० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सो अवसरमा ज्येष्ठ नागरिकहरुको तर्फबाट स्वास्थ्य क्षेत्रमा लामो सयमदेखी क्रियाशिल कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत ज्येष्ठ नागरिकहरुको तर्फबाट नगर प्रमुख कृष्णहरि थापाले  सम्मान गर्नुभएको थियो ।
कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कृष्णहरि थापाले ज्येष्ठ नागरिकहरुको हक अधिकारका लागि आफूले सक्दो पहल गरिरहेको बताउदै ज्येष्ठ नागरिकहरुको हक हितका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
सोही अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख थापाले ८ नं.वडा गोठाटारमा नवनिर्मित ज्येष्ठ नागरिक भवनको उद्घाटनहुन पनि गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई लगायत जनप्रतिनिधिहरु र नगरपालिकामा भएका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *