प्रथम इन्टर स्कूल फुटशल प्रतियोगिता भोली हुने

२६ साउन २०७९ ।
प्रथम इन्टर स्कूल फुटशल प्रतियोगिता भोली काठमाडौंमा हुने भएको छ ।
बिजय चोक युवा क्लबको आयोजना तथा अर्किड इन्टरनेशनल कलेजको मुख्य प्रायोजन तथा नेशनल प्याबसन काठमाडौं प्यारागन पब्लिक स्कुल र फ्रन्टलाइन हस्पिटलको सहयोगमा भोली प्रथम इन्टर स्कूल फुटशल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितमा काठमाडौं उपत्यकाका १७ वटा स्कूलका कक्षा दशसम्म अध्ययनरत विधार्थीहरु सहभागी हुनेछन् ।
दुई दिने सो प्रतियोगिता अर्किड फुटशल मैदान विजयचोकमा हुने क्लवका सचिव सन्तोष नेपालले जानकारी दिनुभयो ।
खेलकुद प्रतियोगिताले विधार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरुको स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका सचिब नेपालले बताउनुभयो । प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने टुनामेण्ट संयोजक विजय तामाङ्गले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र सहित २५ हजार नगद पुरस्कार पाउने छन् भने दोस्रो हुने टिमले ट्रफी, रजत पदक, प्रमाणपत्र र १० हजार नगत पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवका सचिव सन्तोष नेपालले जानकारी दिनुभएको छ ।