समाजसेवाको क्षेत्रमा उदाहरणीय व्यक्तित्व ः प्रा.डा.वैद्य

२९ कार्तिक काठमाडौं ।
समाजसेवाको क्षेत्रमा प्रा.डा.जगदिश वैद्यले उदाहरणीय कार्य गर्नुभएको छ ।
डा.वैद्यले समाजसेवाको क्षेत्रमा पुरयाएको कामको उच्च मूल्यांकन गर्दै सरकारले विशिष्ट श्रेणीका राष्ट्रिय समाजसेवीको रुपमा डा.वैद्यलाई सम्मान पनि गरेको छ ।


विशिष्ट श्रेणीका राष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले नेपालमा भएका धार्मिक र साँस्कृतिक सम्पदाहरुको संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफ.एम.९४.६ मेगाहर्जको कार्यक्रम स्थानीय आवाज संगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालको पर्यटन प्रवद्र्धन र संस्कृतिको संरक्षणका लागि आफूले सक्दो पहल गरिरहेको उल्लेख गर्दै प्रा.डा.वैद्यले आफूले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक र असहायहरुलाई सहयोग गर्दै आएको पनि बताउनुभयो ।
स्थानीयस्तरमा भएको कला संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले मिलेर कार्य गरेमा संस्कृतिको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई रहेको छ ।
काठमाडौंमा भएका सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाले तिब्र रुपमा कार्य गरिरहेको उल्लेख गर्दै उहाँले महानगरपालिकाले काठमाडौंलाई साँस्कृतिक सहर बनाउनका लागि पहल गर्नुपर्ने पनि बताउनुभयो ।


डा.वैद्यलाई सुदुरपश्चिम विश्व विद्यालय लगायत विभिन्न विश्व विद्यालयहरुले मानार्थ विद्यावारिघिको उपाधि पनि प्रदान गरेका छन् ।
प्रा.डा.वैद्यले हालै ललिपुरको लुभुमा राष्टिय विभुति शंखधर साख्वाको शालिक पनि स्थापना गर्नुभएको छ ।
त्यसैगरी डा.वैद्यलाई समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत् दजनौं संघ संस्थाहरुले सम्मान गरेका छन् ।