कागेश्वरी मनोहराका मेयर थापा १ नं.वडाका टोल टोलमा

१ कार्तिक २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत नगर प्रमुख थापाले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा भएका विकास निर्माणका कामहरुको प्रगती, वडामा आागामी दिनमा समावेश गर्नुपर्ने योजना लगायत वडाको समग्र विकासका विषयमा वडाबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै १ वडाका जनप्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *