बाल सहभागिताको आधार बालभेला

शिव रेग्मी

बालबालिकाका सम्बन्धमा गरिएका कानुनी व्यवस्थाहरु ः–
ड्ड सन् १९८९ को बाल अधिकार सम्बन्धी महासन्धीलाई नेपालले १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरी महासन्धीले प्रतिपादन गरेको सिद्धान्तहरूका आधारमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता चारवटा क्षेत्रमा केन्द्रित भएर बालअधिकारलाई संवोधन गर्ने कार्य हुदै आएको छ । महासन्धीको धारा १२ मा बालबालिकाको विचारलाई सम्मान गर्नुपर्ने कुरा उल्लेख गरेको छ ।
ड्ड त्यसैगरी बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको धारा ५, १३, १४, १५, १६, १७ र ३१ ले पनि बालबालिकाको सहभागितालाई सुनिश्चित गरेको छ ।
ड्ड २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा ३९ मा पहिलो पटक मौलिक हक अन्र्तगत बालबालिकाको हक सम्बन्धी सवैधानिक व्यवस्था गरिएको छ ।जसअनुसार प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हकको सुनिश्चितता गरिएको छ ।
ड्ड बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ले स्थानीय तहमा बालसहभागितालाई सुनिश्चित गर्नुपर्ने उल्लेख गरेको छ । यस रणनीतिले बाल सहभागितालाई एउटा सिद्धान्तका साथसाथै यससँग सम्बन्धित सूचकहरुलाई बालमैत्री स्थानीय तहको मापनका आधारका रुपमा परिभाषित गरेको छ ।
ड्ड बाल क्लब र सञ्जालको माध्यमबाट स्थानीय तहको हरेक संरचना र योजना निर्माण प्रक्रियामा (आबधिक र बार्षिक) बालभेलाको माध्यमबाट योजना निर्माण प्रक्रियामा बाल सहभागिता सुनिश्चित गरेको छ ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८ ले बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने स्थानीय निकायले कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गरी बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
ड्ड संघीय संरचना अनुसार स्थानीय तहहरु (गाउँपालिका, नगरपालिका) ले आफ्नो पूँजिगत बजेटको निश्चित प्रतिशत रकम बालबालिकाको क्षेत्रमा विनियोजन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ड्ड स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्क्षेद ३ मा बाल क्लव र सञ्जालको व्यवस्थापन गर्ने र वडालाई बालमैत्री बनाउने र ६ को योजना तर्जुमा तथा कार्यान्वयनको दफा २ को उपदफा १ मा बालमैत्री स्थानीय शासनलाई ध्यान दिने र योजना तर्जुमा र कार्यान्वयन गर्दा बालबालिकाको अधिकतम सहभागिता गर्नुपर्ने उल्लेख छ ।

बालभेला परिचय ः¬¬
स्थानीय तहमा योजना छनौट गर्नुपूर्व बालबालिकाका योजना बनाउनका लागि गरिने बालबालिकाहरुको भेला नै बालभेला हो । स्थानीय शासनमा बाल सहभागिताको आधार हो बालभेला । स्थानीय शासन ऐनमा योजना तर्जुमामा बालसहभागिता एक महत्वपूर्ण प्रक्रियाको रुपमा समावेश गरिएको छ । यसरी स्थानीय योजना तर्जुमा गर्ने क्रममा बालबालिका के चाहन्छन्, उनिहरुको के आवश्यक्ता छ, कसरी स्थानीय सरकारले संबोधन गर्न सक्छ भन्ने छलफल र प्रक्रियाको थालनी गर्ने नेपाल पहिलो राष्ट्र हो । बालबालिका संलग्न गरेर उनिहरुको भावना चित्रात्मक बिधिद्धारा व्यक्त गर्ने लगायत स्थानीय योजनामा समावेश गरी त्यसको निमित्त निश्चित स्रोत विनियोजन गरी बालबालिकाका संवेदनशिल योजना तर्जुमा गर्नुपर्ने कानुनी व्यवस्था गरेर नेपालले विश्वमै आफू बालबालिकाप्रति उत्तरदायी भएको राष्ट्रको रुपमा प्रमाणित गरेको छ ।
ड्ड बालभेला बालबालिकाहरुको सामूहिक आवाज सुन्नका लागि बनाएकोसाझा थलो हो । बालवालिकाहरुको योजना छनोट गर्नका लागि बालबालिकाहरुलाई एउटा साझा स्थलमा भेला गराई बालवालिकाहरुको बालभेलाबाट पारीत भएका योजनाहरुलाई सम्बन्धित वडाहरुमा पेश गर्ने गरिन्छ ।त्यसपछि सम्बन्धित् वडाले गाउँपालिका तथा नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पठाउने गर्दछन् । सो समितिमा छलफल पछि गाउँपालिका वा नगरपालिकाको कार्यपालिकाले सो योजनाहरु पारित गरी गाउँ वा नगर सभामा पारीत गर्नका लागि पेश गर्ने गर्दछन् ।
ड्ड गाउँपालिका तथा नगरपालिका बालभेला गराउने प्रमुख जिम्मेवार तहहरु हुन् । सम्बन्धित स्थानीय तहका बालमैत्री सहजकर्ता, सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले तोकेको बालमैत्री स्थानीय शासन सम्पर्क व्यक्ति सहजकर्ता हुन सक्छन् ।
ड्ड बालभेलामा समूदायस्तरीय बालक्लब, विद्यालय स्तरीय बाल क्लब, बस्तिस्तरीय बाल क्लव सञ्जाल, बाल क्लबमा नभएका, विद्यालय नगएका, लक्षित बर्गका बालबालिकाहरु सहभागी हुने व्यवस्था छ ।
बालभेलाको आबश्यक्ता र महत्वः
ड्ड स्थानीय तहको योजना तर्जुमाको क्रममा बालभेला बालबालिकाको सामूहिक आवाज राख्नका लागि गरिने प्रक्रिया हो ।
ड्ड बालभेलाले बालवालिकाको स्थानीय शासन प्रक्रियामा अर्थपूर्ण सहभागिता बृद्धि गर्न सहयोग पु¥याउँदछ ।
ड्ड बालभेलाले बालवालिकाहरु एक ठाउँमा जम्मा भै उनीहरुको समस्या, आवश्यक्ता र चाहनाहरुका वारेमा विचार राख्ने अवसर सृजना गर्छ ।
ड्ड बालभेलामा छलफल गरी बालबालिकाहरुले आफ्ना वास्तविक आवश्यक्ता र प्राथमिकता निर्धारण गर्न सक्छन् ।
ड्ड बालभेलाले बालबालिकाहरुको लागि तय गरेका आवश्यक्ता र प्राथमीकताहरुलाई स्थानीय योजना तर्जुमा र वजेट विनियोजन सम्बन्धी निर्णय गर्ने संरचना र पदाधिकारी समक्ष राखी बालवालिकाको सर्वोत्तम हित हुनेगरी कार्य गर्ने अवसर सृजना गर्छ ।
ड्ड बालबालिकाले प्राथमीकिकरण गरेका योजनाहरुलाई स्थानीय योजना तर्जुमा प्रक्रियामा समावेश गरी बजेट विनियोजनका लागि सस्थागत पहल गर्न सकिन्छ ।
ड्ड बालवालिका, बाल क्लव र बाल सञ्जालको क्षमता विकासमा सहयोग पुग्छ ।
ड्ड बालभेलाले बालबालिकामा अन्तरनिहित सिर्जनशिल क्षमताको विकास गर्नमा सहयोग पुग्छ ।
ड्ड प्रत्येक विद्यालय, वडा, बस्ति र समूदायस्तरमा बाल क्लव गठन र बालभेलामा सबै बाल क्लव र सञ्जालको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
ड्ड बालभेलाले कुनै निश्चित बालबालिकाको मात्र नभई सो समुदायमा सबै जातजाती, उमेर, लिंग, धर्म र विशेष गरी पछाडी पारिएका, सिमान्तकृत बालबालिकाका सवालहरुलाई विशेष प्राथमिकतामा राख्ने गर्दछ ।

बाल भेला पूर्व तयारी ः

ड्ड बालभेला प्रत्येक आर्थिक बर्षमा बालबालिकाका योजनाहरु स्थानीय तहले लक्षित बर्गका लागि विनियोजन गर्ने बजेटमा समावेश गर्नका लागि गरिन्छ ।
ड्ड बालभेला स्थानीय तहको पुनःसंरचना पछि वडा तहमा र गाउँपालिका तथा नगरपालिका तहमा सञ्चालन गर्नुपर्दछ ।
ड्ड बालभेला सञ्चालन निर्देशिकामा भए बमोजिम समूदायका सबै बालबालिकाको प्रतिनिधित्व हुने गरीे बालबालिकाहरुको छनोट गर्नुपर्दछ ।
ड्ड बालक्लब संजालसँग बैठक बसी स्थानीय सरकारले बालभेलाको समय, मिति र स्थान तय गर्नु पर्दछ ।
ड्ड बालक्लब र संजालले बाल भेला पूर्व बैठक बसी संजालका कार्य समितिहरुभन्दा वडाको संख्या धेरै भएको खण्डमा वा संजालको कार्यसमितिमा सो वडाको प्रतिनिधि नभएको खण्डमा उक्त वडामा बालभेला भए नभएको अवलोकन गर्न तथा बालभेलाको सहजिकरणमा सहयोग गर्नका लागि कार्यसमितिबाट कम्तिमा एकजना सदस्यलाई जिम्मेवारी दिनु पर्दछ ।
ड्ड बालभेला गर्नुपूर्व बालभेलाको मिति, समय र स्थान सबै सहभागी बालबालिकाहरुलाई जानकारी गराउनुपर्दछ ।टाढाबाट बालबालिका सहभागी गराउनुपर्दा संरक्षक अभिभावक अनिवार्य रुपमा संगै आउने व्यवस्था मिलाउनुपर्दछ ।
ड्ड बालभेला गर्दा लाग्ने समयको बारेमा अग्रिम रुपमा अभिभावक र बालबालिकाहरुलाई जानकारी गराउनुपर्दछ ।
ड्ड बालभेलाको क्रममा सहजकर्ताले सहभागी बालबालिकाहरुले खाना खाजा खाए नखाएको कुरामा विशेष ध्यान दिनुपर्दछ ।

वडास्तरीय बाल भेलामा बालबालिकाहरु सहभागी हुने प्रक्रिया ः
ड्ड बाल क्लवमा नलागेका, विद्यालय नगएका भाईबहिनी नछुटुन भन्नका लागि बालभेला वडास्तरमा संचालन भएको हुनुपर्दछ ।
ड्ड वडास्तरीय बाल सञ्जालका प्रतिनिधिहरु मध्येबाट १ जना बालक र १ जना बालिका ।
ड्ड बालक्लव, बाल समूहको सदस्य नरहेका बालवालिकाहरु मध्ये प्रत्येक समूदायबाट कम्तिमा २ जना बालबालिका सहभागी हुनुपर्दछ ।
ड्ड बालमैत्री स्थानीय शासन नगर तथा गाँउ समितिमा सदस्य रहेका बालवालिकाहरु भए त्यस्ता बालबालिकाहरु पनि छुट्टयाउनु हुँदैन ।
ड्ड बालमैत्री स्थानीय शासन समुदाय÷वडा समितिमा सदस्य रहेका बालवालिकाहरु,
ड्ड स्वास्थ्य व्यवस्थापन समितिमा सदस्य रहेका बालवालिकाहरु,
ड्ड विद्यालय व्यवस्थापन समितिमा सदस्य रहेका बालवालिकाहरु र
ड्ड विद्यालय शिक्षावाट बञ्चित रहेका बालवालिका मध्ये कम्तिमा १ जना बालिका सहित २ जना बालबालिका सहभागी हुनुपर्दछ ।
ड्ड दलित, आदिवासी, जनजाती, मधेशी, मुश्लिम बालवालिकाहरु मध्ये कम्तिमा २ जनाबालिका सहित ४ जना सहभागी गराएर बालभेला गर्न सकिन्छ ।
ड्ड नगरपालिका÷गाउँपालिका स्तरीय बाल सञ्जालमा सदस्य रहेका सम्बन्धित वडाका बालबालिकाहरु सहभागीता हुनुपर्दछ ।
नगररगाउँस्तरीय बाल भेलामा बालबालिकाहरु सहभागी हुने प्रक्रिया ः
ड्ड नगरपालिका÷गाउँपालिकाका सवै वडाका बालक्लवबाट कम्तिमा१ जना बालिका सहित २ जना ।
ड्ड गाउँ÷नगर बाल सञ्जालका प्रतिनिधि २ जना ।
ड्ड प्रत्येक वडाबाट वडास्तरीय बाल सञ्जालमा सदस्य रहेका बालबालिकाहरु मध्येबाट १ जना बालक र १ जना बालिका ।
ड्ड बालक्लव, बाल समूहको सदस्य नरहेका बालवालिकाहरु मध्ये प्रत्येक वडावाट कम्तिमा २ जना ।
ड्ड स्वास्थ्य व्यवस्थापन समितिमा सदस्य रहेका बालवालिकाहरु मध्येबाट २ जना ।
ड्ड विद्यालय व्यवस्थापन समितिमा सदस्य रहेका बालवालिकाहरु मध्येबाट २ जना ।
ड्ड विद्यालय शिक्षावाट वञ्चित रहेका बालवालिका मध्ये कम्तिमा १ जना बालिका सहित २ जना,
ड्ड दलित, आदिवासि, जनजाति, मधेशी, मुश्लिम बालवालिकामध्ये कम्तिमा २ जना बालबालिका सहित ४ जना सहभागी गराएर बालभेला गर्न सकिन्छ ।
ड्ड बालमैत्री स्थानीय शासन नगर तथा गाँउ समितिमा सदस्य रहेका बालवालिकाहरु ।
ड्ड बालमैत्री स्थानीय शासन समुदाय÷वडा समितिमा सदस्य रहेका बालवालिकाहरु,

ड्ड बालभेला सञ्चालन प्रक्रिया ः
बालभेला कहिले गर्ने, कुन स्थानमा गर्ने, कति बालबालिका उपस्थित गराउने भन्ने कुरामा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको कार्यपालिकाले निधो गरी निर्णय माइन्यूट गर्नुपर्दछ । त्यसैको आधारमा बाल सञ्जाललाई पत्र मार्फत् जानकारी गराई उपस्थित हुन अनुरोध गर्नुपर्दछ ।
बालभेला कहिले गर्ने ः
ड्ड प्रत्येक बर्ष जेष्ठ दोस्रो हप्ता सम्म गाउँपालिका तथा नगरपालिकास्तरमा योजना निर्माण प्रक्रियालाई सहयोग पु¥याउन बालभेला आयोजना गर्नुपर्दछ । स्थानीय तहहरुमा योजना तर्जुमा प्रक्रियाको सात चरणहरुमध्ये दोस्रो र तेस्रो चरणको बीचमा बस्तिस्तरको योजना तर्जुमा प्रक्रिया भन्दा पहिला बालभेला गरिसक्नु पर्दछ ।
बालभेला अघि गर्नुपर्ने कार्यहरु ः
ड्ड समय, स्थान र मिति बारे बालबालिकालाई जानकारी दिने ।
ड्ड बालबालिकालाई पायक पर्ने समय, मिति र स्थानबारे जानकारी दिनुपर्दछ ।
ड्ड बालबालिका वा बाल क्लबसँग छलफल गरिएको हुर्नुपर्दछ ।
ड्ड बालमैत्री स्थानीय शासन र बाल अधिकार बुझेको दक्ष सहजकर्ता हुनुपर्दछ ।
ड्ड बालभेला सञ्चालन सम्बन्धी आवश्यक सामग्री
ड्ड स्थानीय तहसँगको पूर्व सहकार्य जस्तै आवश्यक जानकारी ः बजेट, निर्देशिका, मार्गनिर्देशन अध्ययन, पत्र सञ्चार सधैँ अध्ययन गरिराख्ने ।
बालभेला सञ्चालन विधि ः
ड्ड उद्घाटन
ड्ड उद्देश्य माथि प्रकाश
ड्ड परिचय
ड्ड समूह विभाजन
ड्ड शरीर नक्सांकन
ड्ड मन पर्ने र मन नपर्ने
ड्ड सुरक्षित र असुरक्षित
ड्ड परिकल्पना
ड्ड सवाल, समस्या, माग वर्गिकरण
ड्ड माग प्राथमीकिकरण
ड्ड निर्णय लेखन
उद्घाटन ः
ड्ड बालभेलाको दिन सहभागीहरुको नाम दर्ता र स्टेशनरी बितरण पछि सम्बन्धित वडाका पदाधिकारीहरुको उपस्थितिमा बालभेलाको उद्घाटन शत्र सञ्चालन गर्नुपर्दछ ।
ड्ड बालभेला उद्घाटन कार्यक्रमको अध्यक्षता बाल सञ्जालका अध्यक्ष र बालभेला सञ्चालन सचिवले गर्नुपर्दछ । उद्घाटन शत्रमा बालभेलामा सहभागी अतिथिहरुले आफ्नो प्रतिबद्धतासहित शुभकामना मन्तव्य राखिसकेपछि कार्यक्रमको अध्यक्षले कार्यक्रम समापन गर्नुपर्दछ् ।
परिचय ः
ड्ड उद्घाटन शत्र पछि सबै सहभागीहरुको परिचय गरी बालभेलाको उद्देश्यको बारेमा जानकारी दिनुपर्दछ ।
समूह विभाजन ः
ड्ड सहभागीहरुलाई ८ देखि ११ बर्षका बालबालिकाहरु, १२ देखि १८ बर्षका बालिकाहरु र १२ देखि १८ बर्ष उमेरका बालकहरु गरी ३ समूहमा विभाजन गरी छुट्टा छुट्टै बस्न लगाउनुपर्दछ । लैगिक दृष्टिकोणले पनि बालक र बालिकाका समस्याहरु फरक फरक हुने भएकाले र साना वालवालिकाको आवश्यक्ता पहिचान गर्नुपर्ने भएकाले समूह विभाजन गर्ने गरिएको हो ।

बालभेलाका औजारहरु ः
बालभेलामा प्रयोग गरिने औजारहरु सहभागितामुलक हुन्छन् । यसमा वालवालिकाका चित्रकला प्रयोग गरिन्छ ता की यसले बोल्न नसक्ने बालवालिकाको आवाज पनि मुखरित हुने भएकाले यी औजारहरुको प्रयोग गरिन्छ ।

ड्ड समूह विभाजन पछि बालबालिकाका विभिन्न योजनाहरु छनोटका लागि बालभेलाका औजारहरुको प्रयोग गरिन्छ । बालबालिकाहरुलाई बालभेलामा चित्रात्मक बिधिहरुको माध्ययमले बालबालिकाले आफ्ना भावनाहरु व्यक्त गर्न सजिलो हुन्छ । त्यसैले बालभेलामा यस्ता सहभागितात्मक बिधिहरुको प्रयोग गर्ने गरिएको हो ।
९ीष्पभ म्ष्कष्पिभ० मन पर्ने÷नपर्ने ः
१) बालबालिकालाई मन पर्ने र मन नपर्ने बिधि प्रयोग गर्दा चित्र बनाएको आधारमा बालबालिकालाई के मन पर्छ के मन पर्दैन थाहा पाउन यो विधि अपनाईन्छ । बालबालिकाले आफूलाई आफ्नो गाउँ, बस्ति र समाजमा मन परेका र मन नपरेका व्यवहार, परिवेश, रीतिरिवाज, वातावरण, संरचना, सेवा आदिको बारेमा चित्र मार्फत् व्यक्त गर्दछन् । बालभेलामा बालबालिकाहरुले मन परेका कुरा र मन नपरेका कुराहरुलाई कसरी न्यूनिकरण गर्ने भन्ने तर्फ छलफल गरी योजनाहरु छनोट गर्दछन् ।
प्रक्रिया ः तिनवटै समूहका बालबालिकालाई न्यूज प्रिन्टको एकातिर आफूलाई वरपरको वातावरण जुन बालबालिकालाई मन पर्छ त्यसको चित्र बनाउनका लागि भन्ने र अर्कोतर्फ मन नपर्ने कुराहरुको चित्र बनाउनका लागि सहजकर्ताले अनुरोध गर्नुपर्दछ ।साथै उनिहरुलाई अरुले गर्ने व्यवहार, परिवेष, संस्कार, चालचलन, चाडपर्व, सांस्कृतिक वा धार्मिक नियम आदि जुन उनिहरुलाई मन पर्छ, त्यसलाई एकातिर बनाउन र मन नपर्नेलाई अर्कोतर्फ बनाउन लगाउनुपर्दछ ।
२) ९च्ष्कप ःबउष्लन० (सुरक्षित÷असुरक्षित) जोखिम व्यवस्थापन ः
बालबालिकालाई सुरक्षित असुरक्षित लाग्ने समय, स्थान संरचना आदि विषयमा यो बिधिको प्रयोग गरी जानकारी लिन सकिन्छ ।आवश्यक परेमा बालबालिकाको मनोविज्ञान प्रयोग गरी कविता, गित, निबन्ध आदि प्रयोग गर्न सकिन्छ । जसको फलस्वरुप हामीले बालबालिकाको सवाल र माग पत्ता लगाउन अझ बढि सहज हुन्छ ।
प्रक्रिया ः३ वटै समूहका बालबालिकाहरुलाई न्यूज प्रिन्टको एकातिर आफूलाई सुरक्षित लाग्ने, आफूलाई असुरक्षित लाग्ने हाम्रो वरपरको वातावरण, भौतिक संरचना, संस्कृति, रीतिरिवाज, व्यवहार आदिको चित्र बनाउनका लागि अनुरोध गर्नुपर्दछ ।
यसरी चित्र बनाउँदा सुरक्षित स्थानलाई हरियो र असुरक्षितलाई रातो संकेत राखी पनि गर्न सकिन्छ । यसबाट बालबालिकाहरुलाई उनिहरु कहाँ सुरक्षित र कहाँ असुरक्षित छन् भन्ने कुराको पहिचान गरी योजना तर्जुमा प्रक्रियामा संबोधन गर्न सहज हुन्छ ।
९ख्ष्कष्यलष्लन० (परीकल्पना) ः
परिकल्पना बालभेलाको अत्यन्त महत्वपूर्ण प्रक्रिया हो । बालबालिकाका धेरै योजनाहरु यस विधिको प्रयोगबाट आउने हुँदा सहजकर्ताले विशेष ध्यान दिनुपर्छ । यस बिधिमा बालबालिकाहरुले आगामी एक बर्ष वा दुई बर्ष पछि आफ्नो वरपरको वातावरण समूदाय बालबालिकाको दृष्टिकोणबाट कस्तो हुनुपर्छ भनि चित्र मार्फत् व्यक्त गर्ने हुँदा योजना तर्जुमाको चरणमा यो बिधि अत्यन्त महत्वपूर्ण हुन्छ ।
प्रक्रिया ः ३ वटै समूहका बालबालिकालाई केहि समय आँखा बन्द गर्न लगाउनु पर्दछ । त्यपछि बालबालिकालाई मन पर्ने, मन नपर्ने र सुरक्षित, असुरक्षित स्थान र अवस्थाको बारेमा बनाएको चित्रलाई मध्यनजर गरी बालमैत्री गाउँपालिका र नगरपालिका बनाउन के के गर्नुपर्ला, के के आवश्यक होला परिकल्पना गरी चित्रको माध्ययमबाट व्यक्त गर्न लगाउनुपर्दछ ।
९द्ययमथ ःबउष्लन० (शरीर नक्शांकन) ः

ड्ड यो औजार २ किसिमले प्रयोग गरिन्छ । ३ बर्षसम्म बालभेला गरेका बाल क्लव र सञ्जालको समीक्षाको लागि प्रयोग गरिन्छ । यसका साथै विपदको बेलामा अगाडी उल्लेख गरिएका ३ वटा औजार र यो औजार प्रयोग गर्ने गरिन्छ ।
ड्ड यो प्रयोग शरीर नक्शांकन बिधि अघिल्लो पटक बालभेला गरेका गाउँपालिका र नगरपालिकाहरुका लागि मात्र उपयुक्त हुन्छ । यदि कुनै गाउँपालिका वा नगरपालिकामा पहिलो पटक बालभेला हुँदैछ भने यो बिधि प्रयोग गर्न जरुरी हुँदैन । यस बिधिले अघिल्लो पटकको बालभेलापछि हालसम्म के कस्तो परिवर्तन भयो भनेर थाहा पाउँन सकिन्छ ।

प्रक्रिया ः

ड्ड सहभागीहरु मध्येबाट एकजनालाई ठूलो न्यूज प्रिन्टमा सुत्न लगाउने र अन्य सहभागीलाई सुतेको स्पष्ट चित्र आउने गरी रेखांकन गर्न लगाउनु पर्दछ ।
ड्ड त्यसपछि शरीरका अंग संग मिल्ने खालका प्रश्न चित्रको दायाँ भागमा बालभेला अघिको अवस्था र चित्रको बायाँ भागमा बालभेला पछिको अवस्थाका बारेमा समूहमा छलफल गरी लेख्न लगाउनुपर्दछ ।
ड्ड टाउको ः बालभेला अघि र पछि बालबालिकाको सोचाईमा के फरक देखिएको छ ?
ड्ड आँखा ःबालभेला अघि र पछि बालबालिकालाई हेर्ने दृष्टिकोणमा के फरक छ ?
ड्ड कान ः बालभेला अघि र पछि ठूला मान्छेले बालबालिकाका कुरा सुन्ने तरिकामा के फरक छ ?
ड्ड मुख ः बालभेला अघि र पछि ठूला मान्छेले गर्ने व्यवहारमा के फरक छ ?
ड्ड काँध ःबालभेला अघि र पछि बालबालिकाको जिम्मेवारीमा के फरक छ र काँध को प्रयोग केटा र केटीको फरक भुमिका चित्रण गर्न पनि प्रयोग गरिन्छ ?
ड्ड मुटु ःबालभेला अघि र पछि बालबालिकाको बिचार र भावनामा के परिवर्तन आयो ?
ड्ड पेट ःबालभेला अघि र पछि बालबालिकाले भोग्ने गरेका समस्याहरुमा के फरक छ र पेटको प्रयोग वालवालिकाको संवेदनशील समस्याहरु जुन केटा केटीले भोग्न सक्छन् त्यसलाई पनि प्रदर्शित गर्दछन् । शरीरको यस भागबाट केटीहरुले असहज महसुश गर्ने समस्याहरु पनि भन्न सक्छन् ।
ड्ड अन्तिममा ः खुट्टा ः बालभेला अघि र पछि बालबालिकामा के फरक छ ?
सहजकर्ताले यसरी प्रश्नहरु सोध्दा बालबालिकाले बुझ्ने गरी सरल भाषामा सोध्नु पर्दछ ।
ड्ड सबै बिधि सकिसकेपछि सहजकर्ताले समूहमा पालैपालो के मन पर्छ, के मन पर्दैन, सुरक्षित, असुरक्षित र परिकल्पनाको चित्र प्रस्तुत गर्न लगाउनुपर्दछ ।
ड्ड सहजकर्ताले बालबालिकाले चित्र मार्फत् व्यक्त गरेका माग, समस्या र सवाललाई छुट्टा छुट्टै टिपोर्ट गर्नका लागि बालबालिकालाई अनुरोध गर्नुपर्दछ ।
ड्ड बालबालिकाले चित्रको माध्यमबाट व्यक्त गरेका सवाल (जस्तै लैंगिक विभेद, वाल विवाह आदि) र समस्याहरुलाई कार्यक्रममा योजनामा बदल्न अनुरोध गर्नुपर्दछ ।
ड्ड त्यसपछि सबै समूहलाई एकै ठाउँमा राखी सबै समूहले तयार पारेका कार्यक्रमहरुलाई नदोहोरिने गरी एउटै सूची बनाई मेटाकार्डमा लेख्न अनुरोध गर्नुपर्दछ ।
ड्ड बालबालिकाले बनाएका सबै कार्यक्रम तथा मागहरु बालबालिकाको क्षेत्रमा छुट्टयाइने रकमबाट खर्च गर्न नपर्ने हुन सक्छ त्यस्ता कार्यक्रमलाई सबैको सहमतिबाट हटाई अन्तिम सूचि तयार गर्नुपर्दछ ।

योजनाको प्राथमीकिकरण ः

ड्ड बालबालिकाबाट आएका सबै योजनाहरु गाउँपालिका र नगरपालिकाहरुले संबोधन नगर्न सक्छन् ।त्यसैले योजनाहरको आवश्यक्ताको आधारमा प्राथमीकिकरण गर्नुपर्दछ ।
ड्ड यसरी योजना प्राथमीकिकरणका लागि टिका वा चक्लेटको प्रयोग गरी मतदानको प्रक्रिया अपनाइन्छ ।
ड्ड प्रत्येक सहभागीलाई चक्लेट बितरण गरी मत (भोट) कारुपमा प्रयोग गर्न भन्नुपर्दछ । यसरी चक्लेटको माध्ययमबाट मतदान गर्दा सबभन्दा महत्वपूर्ण योजनालाई धेरैवटा चक्लेट र त्यसभन्दा कम महत्वको योजनालाई थोरै चक्लेट राखी मतदान गर्न अनुरोध गर्न सकिन्छ । सहभागीहरुले अरुले के मा मतदान गरे त्यसैमा मतदान गर्न सक्छन् । त्यसैले सहजकर्ताले चनाखो भै महत्वपूर्ण योजनामा मतदान गर्नका लागि अनुरोध गर्नुपर्दछ ।
ड्ड यसरी मतदान पछाडि धेरै मत (भोट)पाउने योजनालाई पहिलो, दोस्रो गरी क्रमैसंग राख्नुपर्दछ ।
ड्ड प्राथमीकिकरण भएर आएका योजनाहरुलाई प्राथमिकताक्रम अनुसार निर्णय पुस्तिकामा लेखि सबै सहभागीको हस्ताक्षर गराउनुपर्दछ ।

बालभेला पश्चात् गर्नुपर्ने कार्यहरु ः

ड्ड बालभेलाबाट बालबालिकाले आफ्ना समस्या, माग र सवालहरु पहिचान गर्दछन् । यद्यपी यस्ता योजनाहरुलाई सम्बनिधत स्थानीय तहमा संबोधनका लागि पहल नहुँदा बालबालिकाका योजनाहरु स्थानीय योजनामा संबोधन नहुन सक्छन् । तसर्थ बालबालिकाका योजनाहरु समावेश गर्नका निमित्त बाल क्लव, बाल सञ्जाल र बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरु बालभेला पछि पनि चनाखो हुन जरुरी हुन्छ ।
ड्ड बालभेलाबाट आएका बालबालिकाका योजनाहरुको निर्णयको प्रतिलिपी, बाल सञ्जालको पत्र सहित बस्ति, वडा र गाउँरनगर स्तरको योजना तर्जुमा प्रक्रियामा समावेश गर्नका लागि पेश गर्नुपर्दछ ।
ड्ड बस्ति, वडा तथा गाउँरनगर स्तरको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताका लागि समेत पहल गर्नुपर्दछ ।
ड्ड उदाहरणको लागि गाउँरनगर सभामा नैं बालबालिकाको आमन्त्रित प्रतिनिधित्वको निमित्त पहल गर्न सकिन्छ ।यसो गर्दा बालबालिकाहरुले नैं आफूले चाहेको योजनाहरु परे नपरेको सुनिश्चित गर्न पैरवी गर्न सक्छन् ।
ड्ड गाउँ तथा नगरसभाबाट स्वीकृत भएका योजना तथा कार्यक्रमहरुको लागि आवश्यक रकम समयमा निकासा गराउन पहल गर्ने, कार्यान्वयन भएका क्रियाकलापहरुले बालबालिकाहरुलाई प्रत्येक्ष फाईदा पुगे नपुगेको अनुगमन गर्ने, बालबालिकाहरुको हितमा खर्च गर्ने गरी विनियोजन भएको रकम अन्य शिर्षकमा परिवर्तन भए नभएको कुरामा चनाखो हुने, दोश्रो चौमासिक अवधी भित्रै सम्पूर्ण क्रियाकलापहरु कार्यान्वयन गर्न बजेट माग गर्ने र सोही अनुसार खर्च गर्न सहजिकरण गर्ने र माग भएका सबै क्रियाकलापहरु कार्यान्वयन गरी सके पछि बालबालिकाहरुसँग मिली सामाजिक परिक्षण कार्य समेत गर्न बालमैत्री सम्पर्क व्यक्ति तथा सामाजिक परिचालकले सहयोग गर्नुपर्दछ ।
ड्ड योजना तर्जुमा प्रक्रियामा बालबालिकाको सहभागिता बिनाको योजना एकांकी र आंशिक मात्र हुने हुँदा बालभेलालाई अनिवार्य गरी योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्दछ । अन्ततः यसले बालमैत्री स्थानीय शासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सहयोग गर्दछ ।
बालभेलाबाट प्राप्त हुने उपलब्धी ः
यसरी बालभेलाका सबै प्रक्रियाहरुको प्रयोग गरी बालमैत्री बिधिबाट बालबालिकाको योजनाहरु छनोट गरिने हुँदा बालभेला अर्थपूर्ण बाल सहभागिताको एउटा महत्वपूर्ण अंश हो । बालभेलाको माध्ययमबाट सम्बन्धित गाउँपालिका र नगरपालिकाका बालबालिकाहरुका समस्या र सवालहरुको पहिचान भई आगामी दिनमा बालबालिकाको क्षेत्रमा लगानीका निमित्त मार्गदर्शन प्राप्त हन्छ । बालमैत्री स्थानीय शासनले परिकल्पना गरे बमोजिमका सूचकहहरु पुरा भई स्थानीय तह बालमैत्री बन्ने दिशामा उन्मुख हुन मार्ग प्रशस्त्र हुन्छ ।
स्थानीय तहलाई बालबालिकाप्रति संवेदनशिल तथा उत्तरदायी बनाउनका लागि योजना तर्जुमा प्रक्रियामा अर्थपूर्ण बाल सहभागिता जरुरी हुन्छ । त्यसका निमित्त बालभेला एक महत्वपूर्ण बिधि हो । बालभेला सबै स्थानीय तहहरुले योजना तर्जुमा गर्दा अनिवार्य प्रक्रियाको रुपमा अंगाल्न सकेमा स्थानीय तहलाई बालमैत्री बनाउन र बालबालिकाको क्षेत्रमा गरिने लगानीलाई अथपूर्ण बनाउन महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ ।
व्यवस्थित र संस्थागत संयन्त्र निर्माण गरी वालवालिकाको आवाज वालभेलाको माध्यमबाट सरकारलाई सुनाउन र वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतीको मर्म अनुसार स्थानीय तहको योजना निर्माण प्रक्रियामा वालवालिकाको सहभागिता सुनिश्चित गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको प्रतिवद्धता आवश्यक देखिन्छ ।