विश्वकप क्रिकेट २०१९ ले सिकाएको पाठ

सुपर ओभरको अन्तिम बलमा दुई रन लिने प्रयासमा मार्टिन गप्टिल रनआउट भएसँगै आईसीसी विश्वकप २०१९ को उपाधि विजेताको टुंगो लाग्यो । नियमित ५० ओभरमा टाइ भएको फाइनल खेल सुपर ओभरमा पनि टाइ भएको थियो । यद्यपि बढी बाउन्ड्री प्रहार गरेकोले इंग्ल्याण्ड विजेता बन्न पुग्यो ।

यसअघि २०१५ मा अष्ट्रेलियाले तथा २०११ मा भारतले आˆनै भूमिमा विश्वकप विजेताको उपाधि उचालेका थिए। विश्वकप शुरु हुनभन्दा अगाडिदेखि नै इंग्ल्याण्डलाई प्रबल दाबेदारको रुपमा हेरिएको थियो र टोलीले सोही अनुरुपको खेल खेलेर च्याम्पियन पनि बन्यो।

यो त भयो विश्वकपमा हार–जितका कुरा। अब प्रवेश गराैं मूल विषयमा। इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि त उचाल्यो तर यस संस्करणको विश्वकपबाट क्रिकेटले चाहिा के पायो त? जुन टोली च्याम्पियन बने पनि, जुन खेलाडीले राम्रो प्रदर्शन गरे पनि, अन्त्यमा जित त क्रिकेटकै हुनुपर्छ।