२७ चैत्र काठमाडौं ।
टोखा नगरपालिकामा आज बिहानैदेखि राहत बितरण कार्य भएको छ ।
टोखा नगरपालिका वडा नं. १० मा आजबाट राहत बितरण कार्य शुरु भएको हो ।
टोखा नगरपालिका वडा नं. १० मा नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गर्नुभएको वडा अध्यक्ष मधुसुदन पाण्डेले जानकारी दिनुभयो ।
नगर प्रमुख अधिकारी, उपप्रमुख डंगोल र वडा अध्यक्ष पाण्डे लगायत १० वडाका जनप्रतिनिधिहरुले राहत बितरण गर्नुभएको वडा अध्यक्ष पाण्डेले जानकारी दिनुभएको छ ।
१० वडाको राहत बितरण कार्य वडामा रहेको अध्ययन स्कुलबाट शुरु भएको थियो ।
टोखा नगरपालिका वडा नं. ३ मा पनि आज राहत बितरण गरिएको छ ।
टोखा नगरपालिका वडा नं. ३ मा नगर उपप्रमुख ज्ञानमाया डंगोलले राहत बितरणको शुभारम्भ गर्नुभएको थियो ।
त्यसैगरी टोखा नगरपालिका वडा नं. ८ मा पनि आज राहत बितरण गरिएको छ ।
टोखा नगरपालिका वडा नं. ८ का जनप्रतिनिधिहरुले राहत बितरण कार्य गर्नुभएको उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभएको छ ।
टोखा नगरपालिका वडा नं. ९ मा आज पनि राहत बितरण गरिएको वडा अध्यक्ष जोग प्रसाद नेपालले जानकारी दिनुभएको छ ।
वडा नं. ९ का वडा सदस्य रामभक्त घिमिरेले आज ४ सय विपन्न नागरिकलाई राहत बितरण गरिएको जानकारी दिनुभएको छ । हिजो वडाले २ सय विपन्न नागरिकलाई राहत बितरण गरेको पनि उहाँले जानकारी दिनुभयो । टोखा नगरपालिका वडा नं. ९ मा हिजोदेखि राहत बितरण गर्न शुरु गरिएको हो । ९ नं. वडामा नगर प्रमुख प्रकाश अधिकारीले राहत बितरणको शुभारम्भ गर्नुभएको थियो ।
त्यसैगरी टोखा नगरपालिका वडा नं. ११ मा आज पनि राहत बितरण गरिएको वडा सचिव सानु श्रेष्ठले जानकारी दिनुभएको छ । ११ नं. वडामा हिजो पनि राहत बितरण गरिएको थियो ।
टोखा नगरपालिकाले हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका अति विपन्न, दैनिक ज्यालादारी गर्ने र कोठा भाडा लिई मजदुरी गरेर खाने परिवारलाई राहत बितरण गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
टोखा नगरपालिकाले हाल विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका विपन्न नागरिकलाई सरल, सहज र प्रभावकारी रुपले राहत बितरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले बताउनुभएको छ ।
टोखा नगरपालिकामा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल लगायत नगरका सम्पूर्ण जनप्रतिनिधिहरु कोरोना भाइरस को संक्रमणबाट नगरबासीलाई जोगाउने अभियानमा सक्रिय भएर लाग्नुभएको नगर प्रवक्ता बच्चु बस्यालले बताउनुभएको छ ।