कागेश्वरी मनोहरा नगरपालिकामा आज रक्तदान कार्यक्रम हुदै, रक्तदानमा सहभागी हुन नगरबासीलाई नगर प्रमुख थापाको आग्रह

२९ चैत्र काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकामा आज रक्तदान कार्यक्रम हुदैछ ।
नगरपालिकाको संयोजनमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

सो रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न नगर प्रमुख थापाले नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।

रक्तदान कार्यक्रम अहिले बिहान १० बजेपछी नगरपालिकाको कार्यालय प्रांगण थलिमा शुरु हुनेछ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनबाट नागरिकहरु प्रभावित भएकोले मानव स्वास्थ्यका लागि अत्यावश्यक चिज रगतको कमी हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले जनाएको छ ।