टोखा नगरपालिकालाई तिब्बतको नाग्छु नगरपालिकाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

१४ जेष्ठ २०७७ ।
टोखा नगरपालिकालाई तिब्बतको नाग्छु नगरपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई तिब्बतको नाग्छु नगरपालिकाका पदाधिकारीहरुले तिब्बतको खासामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज खासामा नाग्छु नगरपालिकाबाट टोखा नगरपालिकालाई दुई करोड रुपैंयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान भएको बताउनुभयो ।
नगर प्रमुख अधिकारीले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य सामाग्रीले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभएको छ ।
सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, प्रवक्ता बच्चु बस्याल लगायत टोखा नगरपालिकाका जनप्रतिनिधिहरु र नाग्छु नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित भैरहेको वर्तमान संकटपूर्ण अवस्थामा स्वास्थ्य सामाग्री प्रदान गरेर सहयोग गरेकोमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले तिब्बतको नाग्छु नगरपालिकालाई विशेष धन्यवाद् ज्ञापन गर्नुभएको छ ।

यसैबीच टोखा नगरपालिका र तिब्बतको नाग्छु नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रक्रियामा रहेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभएको छ ।
टोखा नगरपालिका र तिब्बतको नाग्छु नगरपालिकाबीच आगामी केहि दिनमै भगिनी सम्बन्ध स्थापना हुने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।