कागेश्वरी मनोहरा न.पा. १ मा रहेको कागेश्वरी मन्दिरमा काग पूजा सम्पन्न

२९ कार्तिक २०७७ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा अवस्थित कागेश्वरी मन्दिरमा काग पूजा सम्पन्न भएको छ ।

काग तिहारको अवसरमा सो मन्दिरमा काग पूजा गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अग्रसरतामा हरेक बर्ष काग तिहारको दिन कागेश्वरी धाममा कागको पूजा गरेर काग तिहार मनाउने गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ मा नेपालकै ठूलो २ सय केजीको अष्टधातुले निर्मित कागको प्रतिमा राखिएको छ ।

यस बर्ष हिजो काग तिहारको अवसरमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, प्रदेश सांसद मणिराम फुयाँल र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागको विशेष पूजा आजा गर्नुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा नं. १ का अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाँल, ७ का वडा अध्यक्ष जीवन थापा, नेकपा नेता विश्वराज श्रेष्ठ, काग निर्माण समितिका अध्यक्ष श्याम बहादुर लामा लगायत जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।