कागेश्वरी मनोहराका मेयर थापाद्धारा काँडाघारी खानेपानीको भवन उद्घाटन

११ पौष २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरको वडा नं.९ गोठाटारमा रहेको काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।

यहि पौष १० गते शुक्रबारका दिन कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा आयोजित कार्यक्रममा नगर प्रमुख थापाले काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रशासकीय भवनको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिका नगरबासीहरुलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउन प्रयासरत रहेको बताउदै सबै नगरबासीमा खानेपानीको पहुँच पुर्याउनका लागि आवश्यक कार्य भैरहेको बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधार विकासका साथ साथै शिक्षा, स्वास्थ्य, कृषि, शहरीकरण व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरको समग्र नगरको विकास र समृद्धिका लागि लागिपरेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरपालिका सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लागिपरेको बताउनुभएको थियो ।

कार्यक्रममा काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संरक्षक एवम् कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का अध्यक्ष एवम् कुन्दन खड्का, काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष एवम् ७ नं. वडाका अध्यक्ष जीवन थापा, नगर कार्यपालिका सदस्य एवम् काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य कला घिमिरे, नगर सदस्य एवम् काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव डोलनाथ पोखरेल, काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष एवम् ९ नं. वडा महिला सञ्जालका अध्यक्ष भागिरथी पन्त लगायतले काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले वडा नं. ९ र ७ का बासिन्दाहरलाई खानेपानी सेवा पर्याउनका लागि तदारुकताका साथ कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु, काँडाघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायत वडा नं. र ७ का स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।