कागेश्वरी मनोहरामा नगरस्तरीय बाल अधिकार समिति गठन

१० माघ २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरस्तरीय बाल अधिकार समिति गठन गरेको छ ।
नगरपालिकाले नगर प्रमुख कृष्णहरि थापाको संरक्षकत्व र उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको संयोजकत्वमा १५ सदस्यीय नगरस्तरीय बाल अधिकार समिति गठन गरेको हो ।
नगरस्तरीय बाल अधिकार समितिको आज नगरपालिकामा बसेको बैठकलाई संबोधन गर्नुहुदै नगर प्रमुख कृष्णहरि थापाले नगरपालिका सबै बालबालिकाको हक अधिकार सुनिश्चित गरी नगरलाई बालमैत्री बनाउने उद्देश्यका साथ अगाढी बढेको बताउनुभएको थियो ।

बैठकमा कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङले बाल अधिकार समिति गठन प्रक्रिया र बालमैत्री घोषणाका लागि गर्नुपर्ने कार्यहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
बैठकमा नगरलाई बालमैत्री नगर बनाउनका लागी गर्नुपर्ने कार्यहरुको सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा नगर प्रवक्ता राजाराम पुडासैनी लगायत बाल अधिकार समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।