काठमाडौं जिल्लाको चौथो जिल्ला सभा शुरु

१४ फागुन २०७७ ।
काठमाडौं जिल्लाको चौथो जिल्ला सभा शुरु भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा भएको आजबाट शुरु भएको सो चौथो जिल्ला सभा २०७७ फागुन १७ गते समापन हुने जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिनुभयो ।

जिसस भवन बबरमहलमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले संयुक्त रुपमा जिल्ला सभाको उद्घाटन गनुभएको थियो ।
जिल्ला सभालाई संबोधन गर्नुहुदै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जिससले आफूलाई भएको अधिकार बमोजिम काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि काठमाडौंका सबै पालिकाहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा काठमाडौं जिल्लाको समग्र विकास व्यवस्थापन, फोहरमैला व्यवस्थापन, खानीजन्य पदार्थको व्यवस्थापन लगायत सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागी जिससले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जिसस प्रमुख शिवसुन्दर राजवैद्यको भनाई थियो ।

जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालले काठमाडौं जिल्लामा सञ्चालित विकास कार्यक्रम लगायत संघ तथा प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई नागरिकमैत्री र प्रभावकारी बनाई काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुसंग आवश्यक समन्वय गरेर जिससले कार्य गरिरहेको बताउनुभएको थियो ।

जिल्ला सभामा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी पीताम्वर अधिकारीले जिससले काठमाडौंका सबै पालिकाहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउदै जिल्ला सभाले गर्नुपर्ने कामहरु र जिल्ला सभाका एजेण्डाहरुको बारेमा जानकारी गराउर्नुभएको थियो ।
जिल्ला सभामा जिल्ला समन्वय समिति काठमाडौंका शाखा अधिकृत मधु अर्याल खनालले जिल्ला ससभाका बारेमा जानकारी गराउनुभएको थियो

जिल्ला सभामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का, दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल लगायत जनप्रतिनिधिहरुले काठमाडौंको समग्र विकास र समृद्धिका लागि जिससले आगामी दिनमा बढि भन्दा बढि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।
जिल्ला सभामा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेवी राई, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, शंखरापुर नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ लगायत काठमाडौंका नगरपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

जिल्ला सभामा जिल्ला समन्वय समिति काठमाडौंका सदस्यहरु उद्धव भण्डारी, साबित्री ढकाल, तेजिला थापा, कृष्ण लम्साल, रघुनाथ तिमिल्सिना, शिला चम्राकार र सान्नानी लामा लगायत जिससका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

जिल्ला सभामा काठमाडौंको समग्र विकास र समृद्धिका लागी बढि भन्दा बढि समन्वय र सहकार्य गरेर कार्य गर्ने सम्बन्धमा जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।