कोभिड-१९ को रोकथाम र नियन्त्रणमा संघीय मामिला मन्त्रालय सक्रिय

२१ वैशाख २०७८ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा सक्रिय भएको छ ।
मन्त्रालयले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी स्थानीय तहहरुसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह-सचिव बसन्त अधिकारीले बताउनुभएको छ ।

मन्त्रालयले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागी सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरेर कार्य गरिरहेको बताउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह-सचिव बसन्त अधिकारीले कोभिडबाट बच्नका लागी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न सरोकारवाला सबै पक्षलाई आग्रह पनी गर्नुभएको छ ।

मन्त्रालयले कोभिडको रोकथाम तथा नियन्त्रणका साथ साथै मन्त्रालयबाट हुने अत्यावश्यक कामहरुलाई पनी नियमित रुपमा संचालन गरिरहेको प्रवक्ता बसन्त अधिकारीको भनाई छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रदेश तथा स्थानीय तहमा हुने कामहरुलाई सुशासनमैत्री, पारदर्शी र जवाफदेही बनाउन लागिपरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह-सचिव बसन्त अधिकारी बताउनुहुन्छ ।
संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय संग सम्झौता गरी आवश्यक कार्य गरिरहेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह-सचिव बसन्त अधिकारीले बताउनुभएको छ