टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

२० जेठ २०७८ ।

टोखा नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई प्रशंशा सामाजिक सेवाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

प्रशंशा सामाजिक सेवाका पदाधिकारीले स्वास्थ्य सामाग्री टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोललाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उपप्रमुख डंगोलले सो स्वास्थ्य सामाग्रीहरु नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा उपप्रमुख डंगोलले प्रशंशा सामाजिक सेवालाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो ।

सो अवसरमा टेखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।