आगामी बर्षको नीति, कार्यक्रम तथा बजेटका लागि सुझाव दिन टोखा नगर प्रमुख अधिकारीको अनुरोध

३१ जेठ २०७८ ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक बर्ष २०७८।०७९ को लागि सुझाव दिन अनुरोध गर्नुभएको छ ।
नगर प्रमुख अधिकारीले आगामी आर्थिक बर्ष २०७८।०७९ को नीति, कार्यक्रम तथा बजेट निर्माण कार्य हाल भैरहेकोले बजेटलाई कार्यान्वयन योग्य र प्रभावकारी बनाउनका लागि सुझाव दिन नगरबासीहरुलाई अनुरोध गरिएको बताउनुभयो ।
टोखा नगरपालिकालाई समृद्ध बनाउन के कस्ता कार्यक्रम र नीतिगत सुधार बजेटमा आवश्यक छ भनेर सुधार गर्नका लागि नगरबासीहरुसंग नगर प्रमुख अधिकारीले सुझाव माग गर्नुभएको हो ।
नगर प्रमुख अधिकारीले राजनीतिक दल, संघसंस्था, बुद्धिजीवि, नागरिक समाज, विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत लगायत आम टोखा नगरबासीमा आगामी आषाढ ५ गतेसम्म सुझाव उपलब्ध गराई सहयोग गरिदिनहुन नगर प्रमुख प्रकाश अधिकारीले अनुरोध गर्नुभएको छ ।
टोखा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगर प्रमुख अधिकारी अहोरात्र लागिपर्नुभएको छ ।
टोखा नगरपालिकाले कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनको साथ साथै विकास निर्माणका कार्यहरुलाई पनि तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।