टोखा नगरपालिकाद्धारा कृर्षकहरुलाई ट्याक्टर बितरण

१ असार २०७८ ।
टोखा नगरपालिका कृषि शाखाले टोखा नगरपालिकाका कृर्षकहरुलाई ट्याक्टर बितरण गरेको छ ।
टोखा नगरपालिका कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा टोखा नगरपालिकाको वडा नं. १, २ र ३ का कृर्षकहरुलाई ट्याक्टर बितरण गरिएको हो ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल र वडा नं.३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठले सो ट्याक्टरहरु कृर्षक समूहलाई बितरण गर्नुभएको थियो ।
नगर उपप्रमुख डंगोलले नगरपालिका समग्र कृषि क्षेत्रको विकास र बिस्तारका लागि लागिपरेको बताउदै कृषिको व्यवसायीकरणमा नगरपालिका लागेको बताउनुभएको थियो ।
नगर उपप्रमुख ज्ञानमाया डंगोल र वडा नं.३ का वडा अध्यक्ष सिंह राज श्रेष्ठले कृर्षकहरुको हक हितका लागि नगरपालिका लागिपरेको पनि बताउनुभएको थियो ।