कागेश्वरी मनोहरा नगरपालिकाद्धारा जेष्ठ नागरिकहरु सम्मानित

३ असार २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको थलिमा आज आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापा र उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुुभएको थियो ।
कार्यक्रममा नगर प्रवक्ता राजाराम पुडासैनी र स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले पनि जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले नगरपालिका नगरबासी सबै जेष्ठ नागरिकहरुको हक अधिकारका लागि लागिपरेको बताउदै जेष्ठ नागरिकहरुको हितका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो । सो अवसरमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सामाग्री पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी, सल्लाहकार भरत फुयाँल, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी र स्वास्थ्य सह संयोजक लक्ष्मी कोइराला, महिला तथा बालबालिका शाखा प्रमुख अनिता तामाङ लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरु लगायत नगरबासी जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।