कागेश्वरी मनोहरामा भोलि बिदाको दिनमा पनि बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाइने

३० पौष २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकामा भोलि बिदाको दिनमा पनि १२ देखी १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाइने भएको छ ।
यसका लागि नगरपालिकाले सम्पूर्ण व्यवस्थापन गरिसकेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरबासीहरुलाई कोभिडबाट जोगाउन नगरपालिकाले अहोरात्र कार्य गरिरहेको बताउदै नगर प्रमुख थापाले नगर अस्पतालमा अक्सिजन प्लान्ट र आइसियु भेन्टिलेटरको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले दैनिक रुपमा कोरोना परिक्षण गर्ने कार्य गरिरहेको बताउदै नगर प्रमुख थापाले ओमिक्रोनबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले काठमाडौं जिल्लामा एन्टिजेन र पिसिआर सबै भन्दा बढि परिक्षण गरेको बताउदै नगरपालिकाका कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले कोभिडबाट नगरबासीहरुलाई जोगाउनका लागि नगरपालिकाका स्वास्थ्यकर्मीहरु अहोरात्र नगरबासीको सेवामा खटिएको बताउनुभएको छ ।
नगरपालिकाले कोभिडका बिरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गरिसकेको बताउदै नगरपालिकाका कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले खोपबाट कोही पनि बालबालिकाहरु नछुटुन भन्ने उद्देश्यले भोलि नगरपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट खोप लगाउनका लागि सम्पूर्ण तयारी गरिसकेको बताउनुभएको छ ।
आलापोट स्वास्थ्य चौकी, भद्रबास स्वास्थ्य चौकी, ४ नं.वडामा भएको स्वास्थ्य चौकी, ५ नं.वडाको डाँछी स्वास्थ्य चौकी, ६ नं.वडाको शिक्षालय नेपाल, ७ नं.वडाको शहरी स्वास्थ्य केन्द्र, ८ नं.वडाको विद्या विकास र हाइलिक्रियटिभ स्कूल तथा ९ नं.वडाको भिमेश्वर र अर्किड स्कूलमा खोप लगाउने व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिनुभयो ।
यसैबीच आज कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले नगरपालिकामा भएका खोप केन्द्र र स्वास्थ्य चौकीहरुको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले नगरपालिकामा भएका खोप केन्द्र र स्वास्थ्य चौकीहरुबाट प्रदान भइरहेको सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिनुभएको नगरपालिकाका कोभिड फोकल पर्शन समेत रहनुभएका स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले बताउनुभएको छ ।
कागेश्वरीमा ६० प्रतिशत भन्दा बढि छात्रछात्राहरुले खोप लगाइसकेको कोइरालाले जानकारी दिनुभएको छ ।