चन्द्रागिरि न.पा.द्धारा महानगरीय प्रहरी बृत थानकोटलाई मोटरसाइकल हस्तान्तरण

७ साउन २०७८ ।
चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरी बृत थानकोटलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।
आज महानगरीय प्रहरी बृत थानकोटमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिषर काठमाडौंका प्रमुख अशोक सिंहलाई बजाज कम्पनीका २ वटा बाइकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिका क्षेत्रमा अपराध नियन्त्रण र सडक दुर्घटना न्यूनिकरण गरी नगर क्षेत्रमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले महानगरीय प्रहरी बृत थानकोटलाई मोटरसाइकल हस्तान्तरण गरिएको बताउनुभएको थियो ।
काठमाडौं उपत्यका भित्रिने मुख्य नाका थानकोट चन्द्रारिरि नगरपालिकामै पर्ने भएकोले थानकोट नाकामा २४ सै घण्टा यातायातका साधनहरु आवत जावत गरिरहने भएकोले चन्द्रागिरि नगर क्षेत्रलाई सुरक्षित र दूर्घटनारहित बनाउने गरीसमुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन र आवश्यक उपकरणको व्यवस्था गर्न आफ्नो स्रोत र साधनले भ्याएसम्म सहयोग गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र नगर प्रवक्ता हरिभक्त महर्जन नगरको समग्र विकास र समृद्धिका लागि आफूहरु लागिपरेको बताउदै नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, कृषिको आधुनिकीकरण, खानेपानी लगायत नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जनले नगर क्षेत्रलाई सुरक्षित र समृद्ध बनाउनका लागि आफूहरु लागिपरेको बताउदै नगरपालिकाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिगत बर्षहरु जस्तै यस बर्ष पनी सहयोग गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबै स्थानीय तहहरुसंग समन्वय र सहकार्य गरेर कार्य गरिरहेको बताउदै समाजमा हुने अपराधीक गतिबिधि नियन्त्रण र दूर्घटना न्यूनिकरण गर्न प्रहरीलाई आवश्यक साधन स्रोत र उपकरण तथा मेटरसाइकल सहयोग गरेकोमा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख शिा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल लगायत नगरापालिका परिवारलाई धन्यवाद दिनुहुदै समाजमा हुने आपराधिक गतिबिधि नियन्त्रण र दूर्घटना न्यूनिकरण गर्न प्रहरी अहोरात्र लागिपरेको बताउनुभएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी बृत थानकोटका प्रमुख मोहन बहादुर खाँणले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले समूदायसंग मिलेर, समन्वय गरेर साथै स्थानीय तहहरुसंगको समन्वयमा कार्य गरिरहेको बताउदै चन्द्रागिरि नगर क्षेत्रलाई सुरक्षित र दूर्घटनारहित क्षेत्र बनाउनका लागि सक्रियतापूर्वक लागिपरेको बताउनुभएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, महानगरीय प्रहरी बृत थानकोटका प्रहरी निरिक्षक यमलाल बञ्जाडे लगायत प्रहरी अधिकृतहरुको साथै चन्द्रागिरि नगरपालिकाका कर्मचारीहरु र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *