कागेश्वरी मनोहराका मेयर थापा ८ नं.वडाका टोल टोलमा

८ साउन २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले आज नगरपालिकाको वडा नं.८ मा भएका विकास निर्माणका कामहरुको अनुगमन गर्नुभएको छ ।
नगर प्रमुख थापाले गत बर्ष देखी टोल टोलमा मेयर कार्यक्रम शुरु गरेर नगरपालिकाका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरपालिकाका १ देखी ९ नं. वडाका विभिन्न टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरी टोलमा आगामी दिनमा गर्नुपर्ने विकासका कामहरुको सम्बन्धमा सम्बन्धित वडाका जनप्रतिनिधिहरु र टोलबासीहरुसंग छलफल गर्ने गर्नुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा भएका विकास निर्माणका कामहरुको अनुगमन गरी वडाबासीहरुसंग विकास निर्माणका सम्बन्धमा छलफल गर्नुभएको छ ।
नगर प्रमुख थापाले १, २, ३, ४, ५, ६ र ७ नं. वडामा भएका विकास निर्माणका कामहरुको अनुगमन गरी विकास निर्माणका सम्बन्धमा वडाबासी नगरबासीहरुसंग छलफल गरिसक्नुभएको छ भने वडा नं.९ मा भोली अनुगमन गरी वडाबासी टोदलबासीहरुसंग छलफल गर्नुहुनेछ ।
नगर प्रमुख थापाले हरेक महिनाको १ देखी ९ गतेसम्म क्रमैसंग १ देखी ९ नं. वडामा भएका विकास निर्माणका कामहरु र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा वडाबासी टोलबासीहरुसंग छलफल गर्ने गर्नुभएको छ ।
आजको अनुगमनमा नगर कार्यपालिका सदस्य कला घिमिरे, वडा नं. ८ का वडा अध्यक्ष श्रीकृष्ण प्रसाद चापागाई, वडा सदस्य अष्टलाल श्रेष्ठ लगायत जनप्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *