हाम्रो मेलमिलाप सहकारीको वार्षिक साधारण सभा यहि अशोज २० गते हुने

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा यहि अशोज २० गते शनिबार हुने भएको छ ।
काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको सो सहकारीको साधारण सभा काठमाडौं महानगरपालिका ३२ स्थित टाउन प्लानिङमा हुने सहकारीका संस्थाका अध्यक्ष रामेश्वर दाहालले जानकारी दिनुभएको छ ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।


त्यसैगरी साधारण सभामा आर्थिक वर्ष २०७४र०७५ को लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब लगायत बित्तिय बिबरणहरु छलफल गरि पारीत गरिने सहकारी संस्थाका व्यवस्थापक विनोद दाहालले जानकारी दिनुभएको छ ।


साधारण सभामा सञ्चालक समितिबाट आर्थिक वर्ष २०७४र०७५ मा गरिएका कार्यहरुको अनुमोदन गर्ने कार्यक्रम पनि रहेको हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव नेत्र धितालले बताउनुभएको छ ।

त्यसैगरी साधारण सभामा लेखा समिति र कोषाध्यक्षको प्रतिवेदनका सम्बन्धमा पनि छलफल हुने संस्थाका अध्यक्ष रामेश्वर दाहालले बताउनुभयो ।
कर्मचारीको विनियम, बचत तथा ऋण नीति र विनियमावली संशोधन गर्ने विषयमा पनि छलफल हुनेछ ।
त्यसैगरी साधारण सभामा संस्थाको आर्थिक वर्ष २०७५र०७६ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नुको साथै एक जना सञ्चालक पनि चयन गरिने सहकारीले जनाएको छ ।
साधारण सभामा सहकारीको कार्यक्षेत्र विस्तार, स्थानीय सहकारी संस्थाहरुसंग मर्जर लगायत सहकारीको प्रवद्र्धनका विविध विषयमा पनि छलफल हुने सहकारीका अध्यक्ष रामेश्वर दाहालले जानकारी दिनुभएको छ ।