युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) को आठौं कंग्रेस सम्पन्न

२५ भाद्र २०७८ ।
विश्वभरका नगरपालिकाहरुको छाता संगठन युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) को आठौं कंग्रेस काठमाडौंमा सम्पन्न भएको छ ।
कंग्रेसमा एकीकृत स्थानीय सरकार र शहरहरको विश्वव्यापी संस्था UCLG ASPAC को ८ औं कार्यकारी समितिको सम्मेलन र परिषदको बैठक तथा ९ वटा बिबिध शहरी विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरुमा छलफल भएको UCLG का अध्यक्ष एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा स्थानीय सरकारको भूमिका, कोभिडमा स्थानीय सरकारले खेलेको भूमिका, शहरहहरुको दिर्घकालिन विकासका लागि गर्नुपर्ने कार्यहरु, व्यवस्थित शहरीकरणका लागि अपनाउनुपर्ने रणनीतिहरु, स्मार्ट सिटी बनाउनका लागि गर्नुपर्ने कार्यहरु लगायत स्थानीय सरकारहरुको सवलीकरण, क्षमता विकास लगायत स्थानीय सरकारहरुको समग्र अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यहरुको समन्धमा छलफल भएको अध्यक्ष ब्याञ्जुले बताउनुभयो ।
सम्मेलनमा स्थानीय सरकारले काभिड नियन्त्रणमा खेलेको भूमिकाको प्रशंशा गरिएको थियो ।
विश्वका ७ हजार भन्दा बढि स्थानीय सरकारहरु युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) का सदस्य रहेका छन् ।
नेपालका नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघ, गाउँपालिका महासंघ, काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका लगायतका १० वटा स्थानीय सरकारहरु युनाइटेड सिटिज अफ लोकल गभमेन्ट (UCLG) का सदस्य रहेको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभयो ।
यहि भाद्र २२, २३ र २४ गते भएको सो सम्मेलनमा ९ सय मेयर र उपमेयर लगायत शहरी विज्ञ र अन्तर्राष्ट्रिय विकास साझेदार र विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्र संघ लगायतका संस्थाका प्रतिनिधिहरुको भर्चुअल र प्रत्यक्ष उपस्थिति रहेको संघका कार्यकारी निर्देशक देवकोटाले जानकारी दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *