कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका युवा नेता उपेन्द्र कार्की बिजयी

०६ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका युवा नेता उपेन्द्र कार्की बिजयी हुनुभएको छ ।
कांग्रेसका युवा नेता कार्की नेकपा एमालेका मेयरका उम्मेदवार रामशरण ढुंगाना पराजित गरी मेयरमा बिजयी हुनुभएको हो ।
कांग्रेसले आज कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा विजय र्याली निकाल्ने भएको छ ।
अहिले बिहान ८ बजे थली चोकबाट शुरु हुने सो बिजय र्यालीले नगरका विभिन्न भागमा गई नगरबासीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रम रहेको कांग्रेस नगर समितिका सचिव सुजन थपलियाले जानकारी दिनुभएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं.२, ५, ७, ८ र ९ मा कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन् ।
वडा नं.१, ३ र ४ मा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन् भने वडा नं.६ को वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बिजयी हुनुभएको छ ।