कागेश्वरी मनोहरालाई व्यवस्थित नगर बनाउन सक्दो पहल गर्नेछु ः मेयर कार्की

१४ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले नगरलाई व्यवस्थित बनाउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
नवनिर्वाचित मेयर कार्की, उपपमेयर शान्ता थापा, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा, वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी लगायत वडा नं.७ र ८ का नवनिर्वाचित नगरसभा सदस्यहरुलाई बधाई ज्ञापन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्नुहुदै मेयर कार्कीले सो कुरा बताउनुभएको हो ।
सुशासन र खानेपानीलाई पहिलो प्राथमिकता दिएर नगरपालिकाले आफ्ना कामकारबाहीलाई अगाडी बढाएको कार्कीको भनाई छ ।
पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पार्क निर्माण, शहरीकरण व्यवस्थापन, लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने कामहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गर्ने पनि मेयर कार्कीले बताउनुभएको थियो ।
मेयर कार्कीले ज्येष्ठ नागरिकहरुको हक हित तथा स्वास्थ्य उपचारका लागि नगरपालिकाले आवश्यक कार्य शुरु गरिसकेको पनि बताउनुभयो ।
नगरपालिकालाई सम्पूर्ण नगरबासीहरुको आस्थाको केन्द्र बनाउनका लागि सबै जनप्रतिनिधिहरुले कार्य गर्नुपर्ने बताउदै नगरपालिकामा कसैलाई बिभेद नगरी सबै नगरबासीहरुलाई समान व्यहार गरिने नगर प्रमुख कार्कीले बताउनुभयो ।
नगरको समग्र विकास र समृद्धिका लागि संघीय सरकार र प्रदेश सरकारसंग आवश्यक सहकार्य र समन्वय गरेर कार्य गर्ने पनि कार्कीले बताउनुभएको छ ।
कार्यक्रममा उपप्रमुख शान्ता थापाले नगरको समग्र विकास र समृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताउदै नगरलाई सुशासनमैत्री बनाउन सरोकारवाला सबै निकायसंग सहकार्य र समन्वय गरेर कार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापाले ७ नं.वडाको समग्र विकास र समृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले ८ नं. वडाको समग्र विकास र समृद्धिका लागि आफूले विशेष ध्यान दिने बताउनुभएको थियो ।
ऊँ बिनायक टोल विकास समितिका अध्यक्ष विश्वनाथ दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष दाहालले खानेपानी, सडक बाटो निर्माण, बत्तिको सही व्यवस्थापन, कभर्ड हल निर्माण लगायत टोलको समग्र विकासका लागि कार्य गर्न नगरपालिकालाई आग्रह गर्नुभएको थियो ।
फिकल टोल सुधार समितिका अध्यक्ष गणेश दाहालले अर्धनारेश्वर मन्दिर र फिकल पार्कको संरक्षणका लागि नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने बताउदै टोलको विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा, वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी तथा वडा नं.७ बाट वडा सदस्यमा निर्वाचित नगरसभा सदस्यहरु यशोदा कार्की खड्का, जानुका चापागाई र सुनिता बिशुंखे बोगटी तथा वडा नं.८ बाट वडा सदस्यमा निर्वाचित नगरसभा सदस्यहरु सीताराम आचार्य, मुक्तिनाथ दाहाल र सुनिता पुडासैनी चापागाई, ऊँ बिनायक टोल विकास समितिका अध्यक्ष विश्वनाथ दाहाल र फिकल टोल सुधार समितिका अध्यक्ष गणेश दाहालले फुलको माला र खादा लगाएर बधाई तथा कार्यकालको शुभकामना दिनुभएको थियो ।
नेपाली कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि शंकर थापा, नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर समितिका सभापति उद्धव दाहाल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु शर्मिला कार्की थापा र नहकुल थापा, समाजसेवीहरु कमल ज्ञवाली, अमृत बस्नेत, सुदर्शन थापा र नारायण कार्की तथा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरु सहकुल थापा र गया प्रसाद उपाध्याय, नेपाली कांग्रेसका युवा नेता केदार दाहाल, अर्धनारेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष भरत कार्की, नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का उपसभापति भगवान कार्की लगायत ऊँ बिनायक टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरु र फिकल टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरु, लगायत विभिन्न टोल विकास समितिका प्रतिनिधिहरु र ७ र ८ नं.वडाका वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।