कागेश्वरी मनोहरा ८ ढुंगेधारामा ढलान कार्य सम्पन्न

१४ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ ढुंगेधारामा ढलान कार्य सम्पन्न भएको छ ।
ढुंगेधारा आनन्द नगर टोल विकास समितिको पहलमा सो सडक बाटो ढलान गरिएको हो टोल सुधार समितिका सदस्य सुरेश दाहालले जानकारी दिनुभयो ।
सो सडक बाटो ढलान भएपछी ढुंगेधारा आनन्द नगर टोलबासीहरु लगायत सबै वडाबासीहरुलाई धेरै राहत पुग्ने समितिका अध्यक्ष दीपक कार्कीले बताउनुभएको छ ।