सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम टोखामा आजबाट शुरु

११ अशोज २०७८ ।
सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम आजबाट टोखामा शुरु भएको छ ।
टोखा नगरपालिका न्यायिक समितिको आयोजनामा भएको सो तालिमको उपप्रमुख ज्ञानमाया डंगोलले उद्घाटन गर्नुभएको थियो ।
सो तालिम आठ दिनसम्म सञ्चालन हुने र तालिममा मेलमिलापसंग सम्बन्धीत विविध विषयमा बिस्तृत रुपमा छलफल हुने उपप्रमुख डंगोलले जानकारी दिनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका न्यायिक समितिका संयोजक एवम् उपप्रमुख ज्ञानमाया डंगोलले न्यायिक समितिले सरल, सहज र प्रभावकारी रुपले मेलमिलापको माध्यमबाट न्यायिक समितिमा आउने मुद्धाहरु समाधान गर्ने गरेको बताउनुभएको छ ।
कार्यक्रममा न्यायिक समिति सदस्यहरु गोपी पाठक र चन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधिहरु र मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
सो तालिम यही अशोज १८ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *