लायन्स क्लव ३२५ G को कार्यालय कोटेश्वरमा स्थापना, गभर्नर झा द्धारा उदघाटन

३१ असार २०७९ ।

लायन्स क्लव ३२५ G को कार्यालय कोटेश्वरमा स्थापना गरिएको छ ।

लायन्स क्लव ३२५ G का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झाले संयुक्त रुपमा सो कार्यालयको उदघाटन गर्नुभएको थियो ।

लायन्स क्लव ३२५ G का डिस्ट्रिक गभर्नर उत्तम प्रसाद झा र पूर्व गभर्नर समेत रहनुभएका मल्टीपल काउन्सिल प्रेसिडेन्ट  केशव पाण्डेले सामाजिक क्षेत्रमा लायन्स क्लवका गतिबिधिहरुलाई आगामी दिनमा अझ बढि प्रभावकारी बनाउनुपर्ने बताउदै कार्यालय स्थापनासंगै डिस्ट्रिकका गतिबिधिहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सहज हुने बताउनुभएको थियो ।

कार्यक्रममा फस्ट लेडी एल्सा झा, मल्टीपल काउन्सिल प्रेसिडेन्ट केशव पाण्डे, लायन्स क्लव ३२५ G का फस्ट भाइस डिस्ट्रिक गभर्नर दिपक कृष्ण प्रजापति, सेकेण्ड भाइस डिस्ट्रिक गभर्नर डा.कमल बहादुर कायस्थ, पास्ट डिस्ट्रिक गभर्नर सुशिला मल्ल, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी विधान जोशी, लायन्स लिडर अम्बिका भट्टराई लगायत लायन्स क्लव ३२५ G अन्तर्गतका विभिन्न क्लवका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।