कागेश्वरी मनोहरामा रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

१५ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यतामा नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरु र आयुर्बेद औषधालयको बार्षिक समीक्षा तथा प्रगति प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनमा स्वास्थ्य संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीहरुको कामको प्रशंशा गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले आगामी दिनमा पनि नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउदै नगरबासीहरुलाई प्रदान गरिने स्वास्थ्य सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभएको थियो ।
समीक्षा कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रवक्ता राजाराम पुडासैनी, वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख कुमारसिंह डाँगी लगायत कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी दिनुभएको छ ।

   

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *