जिससको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जनप्रतिनिधिहरुको जोड

११ साउन २०७९ ।
काठमाडौंका जनप्रतिनिधिहरुले जिल्ला समन्वय समितिको भूमिकालाई आगामी दिनमा थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंले काठमाडौं जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु तथा जिससका पदाधिकारीहरुबीच आज काठमाडौंमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा काठमाडौं जिल्लामा भएका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जिससले काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुसंग आवश्यक समन्वय र सहजिकरण गर्ने कार्य गरिरहेको बताउदै आगामी दिनमा अझ बढि प्रभावकारी रुपमा समन्वयात्मक ढंगले कार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख शान्ति पाण्डेले जिल्ला समन्वय समितिले काठमाडौंका सबै पालिकाहरुसंग समन्वय गरेर जिल्लाको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जिससको काम, कर्तव्य र अधिकारका सम्बन्धमा जनप्रतिनिधिहरुलाई जानकारी गराउनुहुदै काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि जिससले काठमाडौका सबै पालिकाहरुसंग समन्वय र सहजिकरण गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जिससले काठमाडौं जिल्लाको विकास र समृद्धिका लागि गरेका कार्यहरुको प्रशंशा गर्नुहुदै आगामी दिनमा अझ बढि सक्रिय भएर समन्वय गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौंका विभिन्न नगरपालिकाका नगर प्रमुख र उपप्रमुखहरुले जिससले काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि जिससले आगामी दिनमा थप प्रभावकारी रुपले कार्य गर्नुपर्ने बताउदै सबै पालिकाहरुका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि जिससले सहजिकरण र समन्वय गर्नुपर्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा समग्र काठमाडौंको एकीकृत विकास, फोहरमैला व्यवस्थापन, सेवा प्रवाह, सूचना प्रविधि लगायतका विषयमा समन्वयात्मक ढंगले कार्य गर्ने सम्बन्धमा गहन र प्रभावकारी रुपमा छलफल भएको जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत, तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल र शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित तथा नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारी, तारकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बूर्लाकोटी, बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा र शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ लगायत जिससका सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव लम्साल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम सापकोटा, कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र काठमाडौं महानगरपालिकाका निर्देशक गोपाल प्रसाद पोखरेल लगायत जिसस काठमाडौंका कर्मचारीहरुको सहभागिता रहेको थियो ।