कामनपा ४ नं वडाको टोलमा Clean The City अभियान सम्पन्न

असार ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाको Clean The City अभियानको हाम्रो शहर सफा राखौं विशेष सरसफार्य अभियान सफल पारौं, नारा सहित आज काठमाडौं महानगरपालिका ४ नं वडाका टोलहरुमा सफाई अभियान सम्पन्न भएको छ ।

सो सफाई अभियानको कामनपा ४ नं वडाका वडा अध्यक्ष मोहन बहादु बिष्टले एक समारोह बिच बालुवाटार चौकबाट शुभारम्भ गर्नुभएको थियो । सो सफाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बिष्टले ऋभिबल तजभ ऋष्तथ अभियान अन्र्तगत ४ नं वडाका टोल टोलमा यो सफाई अभियान शुरु गरिएको जानकारी दिनु भयो ।

clean the city asar 31

तस्वीर सौजन्य : किशोर सेढाई

सो सफाई अभियान बालुवाटार वडा कार्यालय परिसरबाट बिहान ७ बजे शुरु भई ईच्छुमती मार्ग, लम्टङगीन मार्ग हुँदै कामनपा ४ वडाको चुनदेवी मन्दिर परिसर पुगेर समापन भएको थियो ।

काठमाडैं महानगरपालिका वडा नं ४ को आयोजनामा भएको सो सफाई अभियानलाई काठमाडौं महानगरपालिकासंग सरसफाईमा सहकार्य गर्दै आएको संस्था नेप्सेम्याकले सहयोग गरेको थियो ।

safai 4 no ward

आजको सो सफाई अभियानलाई सामूदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, ईच्छुमती उपभोक्ता समिति, बिशाल मिलन केन्द्र, नागरिक सचेतना केन्द्र, रारा समाज सुकेधारा, नेपाल प्रहरी महाराजगन्ज ब्रित र गरुड सेक्युरिटी लगायत संस्थाले सहयोग गरेका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

काठमाडौं महानगरपालिको Clean The City अभियान अन्तर्गत कामनपा ४ नं वडाले हरेक शनिबार टोल टोलमा विहान ७ बजे देखि सरसफाई अभियान जारी राख्ने वडाध्यक्ष बिष्टले बताउनु भएको छ ।