क्यानडाको मिसिसागामा संविधान दिवस मनाइयो

०३ असोज २०८० ।
नेपालमा आज संविधान दिवस विविध कार्यक्रम गरी मनाइदैछ । नेपालले २०७२ साल अशोस ३ गते नयाँ संविधान जारी गरेको थियो ।
संविधान दिवस आज क्यानडाको मिसिसागामा पनि मनाइएको छ ।संविधान दिवसको अवसरमा क्यानडा नेपाल चेम्बर अफ कमर्शको आयोजनामा मिसिसागामा संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा क्यानडाका सांसद शेरिफ शब्वावीले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नुभएको थियो । सो अवसरमा उहाँले नेपालको संविधान दिवसको अवसरमा शुभकामना दिनुहुँदै सम्पूर्ण नेपाली जनतालाई संविधान दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा मिसिसागा सिटी काउन्सिलका सल्लाहकार दिपिका डमेर्ला र जोन कोभाकले पनि संविधान दिवसको अवसरमा शुभकामना दिनुहुदै संविधान दिवसको अवसरमा कार्यक्रम गरेकोमा क्यानडा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेललाई विशेष धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा क्यानडा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेलले नेपालले संविधानमा प्रजातन्त्र, मानव अधिकार, समावेशिता लगायतलाई संविधानमैं सुनिश्चित गरेको जानकारी दिनुहुदै क्यानडा र नेपालको सम्बन्धलाई आगामी दिनमा अझ बढि प्रगाढ बनाउन क्यानडा नेपाल चेम्बर अफ कमर्शले विशेष पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष पौडेलले ब्राम्टन लगायत अन्य शहरहरुमा पनि संविधान दिवस मनाइने जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल र क्यानडाको राष्ट्रिय गान पनि बजाइएको थियो । त्यसैगरी नेपालको राष्ट्रिय झल्काउने नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा क्यानडा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु, समाजसेवी रमेश धिताल, गैर आवासीय नेपाली संघका प्रतिनिधिहरु लगायत मिसिसागामा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो ।
आज नेपालमा संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । संविधान जारी भई कार्यान्वयन भएको आठ बर्ष पुरा भएको छ ।