नवरात्र ध्यान साधना यही असोज १९ गते समापन हुने

१५ असोज २०७९ ।
नवरात्र ध्यान साधना यही असोज १९ गते समापन हुने भएको छ ।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालको आयोजनामा सो कार्यक्रम समापन गर्न लागिएको समाजका केन्द्रीय सदस्य विश्वनाथ दाहालले जानकारी दिनुभयो ।
आचार्य श्री राजन शर्माको प्रमुख आतिथ्यतामा विद्युतिय माध्यमबाट नवरात्र ध्यान साधना समापन गर्न लागिएको समाजका केन्द्रीय सदस्य दाहालले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान र संस्थाका कार्यक्रमहरुको बारेमा छलफल हुनेछ ।
आचार्य श्री राजना शर्मा हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको छ ।
कार्यक्रममा योग र नवरात्र सम्बन्धी विभिन्न कविता वाचन तथा साँस्कृतिक कार्यक्रम पनि गरिने छ ।