दक्षिणकालीका मेयर बस्नेत र उपपमेयर डंगोलद्धारा प्रहरी निरिक्षक सापकोटाको बिदाई

२५ फागुन २०७९ ।
इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी निरिक्षक गणेश सापकोटाको आज बिदाई गरिएको छ ।
दक्षिणकाली नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ लगायतले प्रहरी निरिक्षक गणेश सापकोटाको बिदाई गर्नुभएको थियो ।
सो अवसरमा वरिष्ठ शाखा अधिकृत दिपक कुमार केसी लगायत कर्मचारीहरुले पनि सापकोटाको बिदाई गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख मोहन बस्नेतले इलाका प्रहरी कार्यालय फर्पिङमा प्रमुख रहँदा प्रहरी निरिक्षक गणेश सापकोटाले शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न महत्वपूर्ण सहयोग पुर्याएको भन्दै धन्यवाद ज्ञापन गर्नुहुदै सापकोटालाई आगामी दिनमा प्रगतिको लागि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख बसन्ती डंगोल तामाङले प्रहरी निरिक्षक सापकोटाले दक्षिणकालीलाई सुरक्षित नगर बनाउन महत्वपूर्ण सहयोग पुर्याएको भन्दै धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दिपक कुमार केसीले दक्षिणकालीलाई सुरक्षित नगर बनाउन प्रहरी निरिक्षक सापकोटाले नगरपालिकासंग आवश्यक सहकार्य र समन्वय गरेर कार्य गरेको बताउनुभएको थियो ।
कार्यक्रममा प्रहरी निरिक्षक गणेश सापकोटाले आफूले प्रहरीको व्यवसायिक धर्म निर्वाह गरेर कार्य गरेको बताउदै आफू जहाँ गएपनि दक्षिणकालीलाई सम्झिरहने उल्लेख गर्दै आफ्नो कार्यकालमा दक्षिणकाली नगरपालिकाबाट भएको सहयोगका लागि नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोल, वरिष्ठ शाखा अधिकृत दिपक कुमार केसी लगायतलाई विशेष धन्यवाद दिनुभएको थियो ।
२०७९ साल वैशाखमा इलाका प्रहरी कार्यालय फर्पिङको प्रमुखमा आउनुभएका प्रहरी निरिक्षक गणेश सापकोटाको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।