कागेश्वरी मनोहरा-७ मा आगामी चैत्र देखी हरेक बुधबार खोप कार्यक्रम शुरु हुदै

२९ फागुन २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आगामी चैत्र महिनादेखी हरेक बुधबार खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नियमित खोप सेवा कार्यक्रममार्फत् हरेक बुधबार वडा कार्यालयमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको ७ नं.वडाका अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले खोप सेवा कार्यक्रममा सहभागी भई सेवा लिनहुन सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह पनि गर्नुभएको छ ।
खोप कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भैसकेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
वडा अध्यक्ष थापाका अनुसार कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा आगामी चैत्र महिना देखी हरेक आइतबार गाउँघर क्लिनिक सेवा र सामान्य उपचार सेवा, सोमबार टिबी र सामान्य उपचार सेवा, मंगलबार गर्भवती जाँच सेवा र सामान्य उपचार सेवा, बुधबार खोप तथा पोषण सेवा र सामान्य उपचार सेवा, बिहिबार परिवार नियोजन सेवा र सामान्य उपचार सेवा तथा शुक्रबार नियमित सामान्य उपचार सेवा प्रदान गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ कार्य गरिरहेको छ ।