टोखा नगरपालिकालाई समद्ध बनाउने अभियानमा लागेका छौं ः प्र.प्र.अधिकृत बि.सी.

०५ चैत्र २०७९ ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले टोखा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने अभियानमा आफूहरु लागिपरेको बताउनुभएको छ ।
नगरपालिकाले नगरलाई समृद्ध, सुरक्षित र पर्यटकीय नगरपालिका बनाउने गरी आवश्यक कार्य शुरु गरिसकेको बि.सी.को भनाई छ ।
नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ लगायत सबै जनप्रतिनिधिहरु नगरको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपरेको बताउदै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बि.सी.नगरबासीहरुको भावना र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउनुहुन्छ ।
पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण, स्थानीय कला संस्कृति तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण, विपद् व्यवस्थापन, फोहरमैला व्यवस्थापन, सुशासन र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले बताउनुभएको छ ।
विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउने लगायत महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुशासन र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.को भनाई छ ।
टोखा नगरपालिकाले जनशक्तिको सही रुपमा व्यवस्थापन गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाएको प्रमुख प्रशासकीय अधिकृत बि.सी.बताउनुहुन्छ ।
टोखा नगरपालिका आर्थिक प्रशासन शाखाका प्रमुख ज्ञान बहादुर अधिकारी, नगरको समग्र लेखा प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपर्नुभएको छ । आर्थिक प्रशासन शाखाबाट हुने कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाई नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले सेवा प्रवाह गरिरहेको आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीको भनाई छ ।
टोखा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल प्रसाद जोशी नगरपालिकाले नगरबासीहरुको माग र चाहना बमोजिम सरोकारवालाहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउदै सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको छ ।