व्यक्तिगत घटना दर्ता सप्ताह सफल पार्न प्र.प्र.अधिकृत बि.सी.को आग्रह

०४ वैशाख २०८० ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी.ले व्यक्तिगत घटना दर्ता सप्ताह सफल पार्न नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
यही २०८० साल बैशाख १ गते देखि ७ गतेसम्म देशैभरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन भई रहेको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाइ सराइजस्ता व्यक्तिगत घटना दर्ता गराउन बाँकी रहनु भएका सम्पूर्ण नगरबासीहरुलाई आजै आआफ्नो वडा कार्यालयमा गई व्यक्तिगत घटना दर्ता गर्न प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले आग्रह गर्नुभएको छ ।
व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आआफ्नो वडा कार्यालयमा गई निःशुल्क दर्ता गरी राज्यले प्रदान गर्ने सेवाहरु प्राप्त गरौंगर्न प्रमुख प्रशासकीय अधिकृत बि.सी.ले सबै नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।